मेस्सीले पहिलाेपटक अंग्रेजी बाेले (भिडियो)

मेस्सीले पहिलाेपटक अंग्रेजी बाेले (भिडियो)

एजेन्सी : जब लियोनेल मेस्सी अगस्ट २०२१ मा बार्सिलोना छोडेर पेरिस सेन्टजर्मेनमा सामेल भए, उनले १८ महिनादेखि अङ्ग्रेजी सिकिरहेको कुरा पुष्टि गरेका थिए।

त्यतिबेला गुइलम बालागलाई उनले स्पेनिसमा भनेका थिए, ‘म डेढ वर्षदेखि अंग्रेजी सिक्दैछु।’

त्यस क्रममा उनले एक हदसम्म अंग्रेजी भाषा बुझ्ने भए पनि बोल्न भने नजानेको बताएका थिए

फ्रान्समा रहँदा मेस्सीले आफ्नो अंग्रेजी सिकाइलाई जारी राखे कि राखेनन् भन्नेबारे स्पष्ट छैन। यद्यपि सामाजिक सञ्जालमा पोष्ट गरिएको नयाँ भिडियोमा उनले अंग्रेजी बोलेको भनिएकाे छ।

मेस्सीका फ्यानहरू लामो समयदेखि उनले अंग्रेजी बोलेको सुन्न चाहन्थे। मेस्सीले अहिलेसम्म कुनै पनि फुटबलको समारोहमा अंग्रेजी बोलेका छैनन्। उनलाई अंग्रेजी बाेल्न आउँदैनथ्याे।

मेस्सीले अंग्रेजी बोलेको सुन्न उनका विश्वभर रहेका फ्यानहरू एकदमै आतुर रहेकाे बेला उनले अंग्रेजी बाेलेकाे भिडियाे सार्वजनिक भएकाे छ।

बिहीबार राति भएको एक पार्टीमा उनले अंग्रेजी बोलेको भन्दै भिडियो बाहिरियाे। पीएसजीका साथीहरूसँगको पार्टीमा उनले अंग्रेजीको ‘भेरी नाइस’ अर्थात् एकदम राम्रो भन्ने शब्द बोलेकाे बताइएकाे छ।

उनले अंग्रेजी बोलेको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ। उनले अंग्रेजी बोलेको सुनेर फ्यानहरूले उक्त भिडियो शेयर गरिरहेका छन्।

१४ माघ, २०७९, १९:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।