कवाड उठाएर कच्चा पदार्थ पुर्‍याएका छाैं, कर छुट चाहिन्छ : व्यवसायी

कवाड उठाएर कच्चा पदार्थ पुर्‍याएका छाैं, कर छुट चाहिन्छ : व्यवसायी

बुटवल : पुनः प्रयोगयोग्य वस्तु व्यवसायी संघमा आवद्व व्यवसायीले कर छुटको माग गरेका छन्।

घर–घरमा खेर गएका समान तथा वस्तुहरू संकलन गरेर उद्योगहरूलाई कच्चा पदार्थ पुर्याउने व्यवसायीलाई तीनै तहका सरकारले करमा छुट दिनुपर्ने बताए।

नेपाल पुनः प्रयोग वस्तु व्यवसायी संघ रुपन्देहीको शनिबार बुटवलमा आयोजित पद हस्तान्त्रण तथा सफथ ग्रहण कार्यक्रममा बोल्ने व्यवसायीले सरकारसँग कर छुटको माग गरेका हुन्।

कार्यक्रममा बोल्दै नेपाल पुनः प्रयोग वस्तु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष भगवती जैशवालले सरकारले कर छुट गरेर पुनः प्रयोग वस्तु व्यवसायीका व्यवसायलाई उद्योग सरहको मान्यता दिन माग गरेका छन्।

कचडा तथा कवाड समानहरू संकलन गरी गुजारा चलाउने व्यवसायीका पसलहरूमा वडा कार्यालयहरूले ताला लगाइदिने काम गरेको गुनासो गर्दै यस्तो ज्यादती नगर्न स्थानीय सरकारहरुलाई आग्रह गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालकाका प्रमुख खेलराज पाण्डेले सबै पेशा व्यवसायलाई सहज हुनेगरी उपमहानगरपालिकाले समान रूपमा सहयोग गर्ने प्रतिबद्वता जनाए।

वैज्ञानिक रूपमा करको दायरा कायम गर्ने बताउँदै व्यवसाय सञ्चालनका लागि वैकल्पिक व्यवस्था मिलाउने उनको भनाइ छ।

१४ माघ, २०७९, १८:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।