स्वस्तिमाको डुम्कामा ‘छक्का पञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’

स्वस्तिमाको डुम्कामा ‘छक्का पञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’

काठमाडौं : चर्चित फिल्म ‘छक्का पञ्जा’को चौथो सिरिज ‘छक्का पञ्जा ४’को पहिलो गीत सोमबार सार्वजनिक हुने भएको छ।

चलचित्रका निर्माता दीपकराज गिरीले शनिबार दिउँसो यसबारे जानकारी गराएका हुन्। ‘दर्शन सलाम’ बोलको गीतमा स्वस्तिमा खड्काको डुम्का देखिनेछ।

राजेन्द्र थापाको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ। गीतमा डेविड शंकर र सहिमा श्रेष्ठको स्वर रहेको छ। गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ।

फागुन १९ गते प्रदर्शनको तयारीमा रहेको फिल्मलाई हेमराज बिसीले निर्देशन गरेका छन्। केदारप्रसाद घिमिरे र निर्मल दाहाल कार्यकारी निर्माता रहेको फिल्मलाई दीपकराज गिरीले लेखेका हुन्।

१४ माघ, २०७९, १५:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।