चैत १७ बाट एसईई, यस्तो छ परीक्षा तालिका

चैत १७ बाट एसईई, यस्तो छ परीक्षा तालिका
फाइल तस्बिर

काठमाडौं: यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत १७ गतेदेखि हुने भएको छ। आज राष्ट्रिय परीक्षा बोर्डले एक सूचना प्रकाशित गर्दै चैत १७ देखि  २९ गतेसम्म एसईई हुने जानकारी दिएको हो।

परीक्षा समय बिहान ८ बजेदेखि बिहान ११ बजेसम्मको रहेको छ।

जसअनुसार पहिलो दिन १७ गते शुक्रबार अनिवार्य अङ्ग्रेजीको परीक्षा हुनेछ। सोही दिन वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र साहित्यको परीक्षा हुनेछ।

दोस्रो दिनको परीक्षा चैत १९ गते हुनेछ। त्यस दिन अनिवार्य गणितको परीक्षा हुनेछ। चैत २० गते अनिवार्य नेपालीको परीक्षा हुनेछ भने गैर नेपाली विद्यार्थीका लागि 'इलेक्टिभ इङ्गलिस' विषयको परीक्षा हुनेछ।

अनिवार्य विज्ञानको परीक्षा चैत २२ गते हुनेछ। वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको परीक्षा हुनेछ।

एसईई परीक्षाको पूर्ण तालिका यस्तो छ :

 

१४ माघ, २०७९, ०९:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।