धनगढीमा कन्स्ट्रक्सन सोलुसन्सको नयाँ शाखा

धनगढीमा कन्स्ट्रक्सन सोलुसन्सको नयाँ शाखा

काठमाडौं : हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले धनगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएकाे छ।

धनगढी शाखामा कम्पनीको 'थ्रि एस' सेवा अन्तर्गत: सेल्स, सर्भिस र स्पेयर पाटपूर्जा सम्बन्धी सेवा पाउन सकिने कम्पनीले जनाएकाे छ।

शाखा विस्तारसँगै एक्स्काभेटरहरू, चट्टान तथा अरू हेभी पद्धार्थ फुटाउनका लागि 'जिसुङ र रामर' ब्रान्डका हाइड्रोलिक रक ब्रेकरहरू, साथै विश्वको नम्बर एक 'एम्.बी. बकेट क्रसर' पनि त्यहाँबाट सहजरूपमा खरिद गर्न सकिनेछ।

यससँगै निर्माण व्यवसायी तथा इक्विप्मन्ट अपरेटरहरूले भरपर्दो हेभि इक्विप्मन्ट किन्न टाढा गइरहनुपर्ने छैन। साथै हेभी इक्विप्मन्टको मर्मत तथा पार्टपूर्जा पनि धनगढी शाखाबाटै सहज रूपमा प्राप्त गर्न सकिनेछ।

१३ माघ, २०७९, १५:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।