ज्याकलिन फर्नान्डिसलाई दुबई जान अदालतको अनुमति, राखियो यी दुई शर्त

ज्याकलिन फर्नान्डिसलाई दुबई जान अदालतको अनुमति, राखियो यी दुई शर्त

एजेन्सी : दिल्लीको पटियाला हाउस कोर्टले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसलाई जनवरी २७ देखि जनवरी ३० सम्म दुबई जान अनुमति दिएको छ।

मुख्य अभियुक्त सुकेश चन्द्रशेखरसँग २०० करोड रुपैयाँको मनी लान्ड्रिङ मुद्दामा अभियोग सामना गरिरहेकी ज्याकलिन फर्नान्डिस पेप्सीको इन्डिया सम्मेलनमा भाग लिन दुबई जान लागेकी हुन्।

ज्याकलिनका वकिल प्रशान्त पाटिलका अनुसार उनले दुबई जानका लागि बुधबार नयाँ निवेदन दिएका थिए। पटियाला हाउस अदालतका विशेष न्यायाधीश शैलेन्द्र मलिकले शुक्रबार ज्याकलिनलाई केही शर्तसहित दुबई जान अनुमति दिएका हुन्।

अदालतले ज्याकलिनलाई यो यात्राका लागि एक करोड रूपैयाँको फिक्स डिपोजिट रसिद जम्मा गर्न भनेको र ज्याकलिनले भारत फर्किएपछि पनि अदालतलाई जानकारी गराउनुपर्ने भएको छ।

३७ वर्षीया ज्याकलिन श्रीलंकाली नागरिक हुन् र उनलाई यस मुद्दामा नोभेम्बर १५, २०२२ मा जमानत दिइएको थियो।

१३ माघ, २०७९, १५:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।