साप्ताहिक शेयर समीक्षा : २१ सयकै वरिपरिमा बजार, 'पर्ख र हेर'कै रणनीतिमा लगानीकर्ता

साप्ताहिक शेयर समीक्षा : २१ सयकै वरिपरिमा बजार, 'पर्ख र हेर'कै रणनीतिमा लगानीकर्ता

काठमाडौं: यो साता नेप्सेमा खासै उतारचढाव देखिएन। अघिल्लो साता २१७८.८१ मा बन्द भएको नेप्से यो साता मात्र ४.४ विन्दुले बढेर २१८३.२१ मा बन्द भयो।

कारोबार रकममा भने अघिल्लो साताको तुलनामा कमी आएको थियो। यसले बजारलाई अझै पनि 'साइडवेज'मै बसिरहेको सङ्केत गर्छ। साताभरिको अवस्था हेर्दा लगानीकर्ताहरू हाइड्रोपावरतर्फ बढी आकर्षित भएको देखिए।

हाइड्रोप्रतिको आकर्षण अर्को साता पनि कायमै रहने विश्लेषकहरूको तर्क छ।

आइतबार सार्वजनिक बिदा परेकाले यो साता सोमबारबाट मात्रै कारोबार सुरु भएको थियो। गत बिहीबार करिब ६ अङ्क बढेर बन्द भएको नेप्से त्यसदिन १३.७१ अङ्क घटेर २१६५.१० विन्दुमा बन्द भएको थियो। 

नेप्सेसँगै त्यस दिन कारोबार रकम पनि घट्यो। अघिल्लो कारोबार दिन करिब ५ अर्बको शेयर खरिद-बिक्री भएको बजारमा त्यस दिन ३ अर्ब ८६ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। 

नेप्से घटे पनि त्यस दिन पाँच स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो।

साताको दोस्रो कारोबार दिन अर्थात् मङ्गलबार नेप्से परिसूचक थोरै बढेर बन्द भएको थियो। त्यस दिन नेप्से परिसूचक ८.१४ अङ्क बढेर २१७३.२४ विन्दुमा पुगेको थियो। 

नेप्से बढे पनि उक्त दिन कारोबार रकम भने घटेको थियो। अघिल्लो कारोबार दिन करिब चार करोडको शेयर खरिद-बिक्री भएको बजारमा त्यस दिन ३ अर्ब ३२ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको देखियो।

मङ्गलबार १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ। 

यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.५१ अङ्क बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक एक प्रतिशतभन्दा बढी बढेको छ। 

यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक २.१० प्रतिशत घटेको छ। बैंकिङ, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सामान्य अङ्क घटेको छ।

एक हिसाबले यो साइडवेजको अवस्था पनि हो। लामो समयदेखि तल्लो विन्दुमा बसेको नेप्से अचानक माथि उठ्न खोज्दा बजारले निश्चित गति र दिशा नसमाउने भएकाले लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा हुन्छन्। यसकारण कारोबार रकम पनि सुस्त हुने विश्लेषकहरूको भनाइ छ।

बुधबार नेप्से परिसूचक १०.३७ अङ्क बढेर २१८३.६२ विन्दुमा पुगेको थियो। त्यस दिन ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

बिहीबार भने नेप्से सूचक स्थिर जस्तै देखियो। यस दिन सूचक ०.३५ अङ्कले घटेर २१८३.२७ विन्दुमा अडिएको थियो। 

खरिद-बिक्री रकम अघिल्लो दिनको तुलनामा घटेर दुई अर्ब ८६ करोडमै सीमित भयो। चार वटा कम्पनीमा सकारात्मक सर्किट लागेको थियो।

पर्ख र हेरको रणनीति
नेप्सेले निश्चित दिशा देखाउन नसक्दा कारोबार रकम सुस्त भएको छ। लामो समयदेखि बजार २१ सयकै लाइनमा घुमिरहेको छ। नेप्सेले २१ सयलाई तोडेर २२ सयतिर लम्किन पनि सकेको छैन भने २१ सयको लाइनबाट तल आउन पनि मानिरहेको छैन।

अहिले बजारले रुचाउने अर्थमन्त्री सरकारमा छन्। प्रधानमन्त्रीले पनि शेयर बजारको पक्षमा बोलिरहेका छन्। बैंकहरूमा तरलता बढ्दै गएको छ। बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था देखेपछि केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत पैसा तान्न थालिसकेको छ। 

अर्कातिर बैंकहरूले ब्याजदर घटाउँदै लैजाने लक्षण पनि देखिएको छ। यति हुँदाहुँदै पनि बजारको कारोबार र नेप्सेको गति हेर्दा लगानीकर्ताहरू पर्ख र हेरकै रणनीतिमा बसिरहेको बुझिन्छ। 

एक हिसाबले यो साइडवेजको अवस्था पनि हो। लामो समयदेखि तल्लो विन्दुमा बसेको नेप्से अचानक माथि उठ्न खोज्दा बजारले निश्चित गति र दिशा नसमाउने भएकाले लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा हुन्छन्। यसकारण कारोबार रकम पनि सुस्त हुने विश्लेषकहरूको भनाइ छ।

अधिक तरलता भएपछि स्वतः ब्याजदर घट्नेछ। बैंक तथा वित्तीय संस्थाहरूले बोलाइ–बोलाइ शेयर कर्जा दिन थाल्नेछन्। ब्याजदर निरन्तर घट्दै जाने अनि तरलता पनि छेलोखेलो हुने अवस्था आएपछि त्यसले शेयर बजारलाई नयाँ उँचाइमा पुर्यानउन सक्छ।

लगानीकर्ताहरूले पर्ख र हेरको रणनीति अख्तियार गर्नुको अर्को कारण देशको राजनीतिक अवस्था पनि हो। 'सत्तासीन दलहरूबीच मनमुटाव भए मन्त्री हेरफेर हुन्छ कि!' भन्ने त्रास लगानीकर्तामा देखिन्छ।

शेयर बजारमा ब्याजदरको निकै ठूलो भूमिका हुन्छ। यसअघि बजार ३२ सयबाट १८ सयको तहमा आउनुमा पनि चर्को ब्याजदर नै प्रमुख कारक बनेको थियो।

अब ब्याजदर घट्न थाल्यो भने बजार पुनः सोही रफ्तारमा माथितिर लाग्ने विश्लेषकहरू बताउँछन्। तर यसका लागि केन्द्रीय बैंकले शेयर बजारलाई यसअघि कसेका नीतिहरू खुकुलो बनाउँदै जानुपर्ने हुन्छ। 

शेयर बजार सुधारका नीति, प्रविधि र ब्याजदर मुख्य पक्ष हो। 

ब्याजदर घट्दै जानुपर्छ भने बजारसँग सम्बन्धित नीतिनियमहरू शेयर बजारसँग सकारात्मक हुनुपर्छ। यसैगरी, नयाँ प्रविधिहरूको पनि विकास हुँदै जानु आवश्यक हुन्छ। 

पुँजी बजार प्रविधिमैत्री बनिरहेको छ। बजारमा नयाँ लगानीकर्ताको सङ्ख्या पनि थपिएको छ। अहिले बजारले राष्ट्र बैंकले त्रैमासिक रूपमा ल्याउने मौद्रिक नीतिलाई पर्खिरहेको छ। अर्थविद्हरू भन्छन्- 'यो मौद्रिक नीति मार्फत् राष्ट्र बैंकले ४-१२ को नीतिलाई पूरै खारेज गर्ने सम्भावना छ।'

लगानीकर्ताहरूले पर्ख र हेरको रणनीति अख्तियार गर्नुको अर्को कारण देशको राजनीतिक अवस्था पनि हो। 'सत्तासीन दलहरूबीच मनमुटाव भए मन्त्री हेरफेर हुन्छ कि!' भन्ने त्रास लगानीकर्तामा देखिन्छ।

गृहमन्त्री बनेका रवि लामिछानेको नागरिकता प्रकरण तथा राष्ट्रपति चयनको विषयलाई लिएर लगानीकर्ताहरू संवेदनशील देखिएका छन्। यी दुवै कुराको टुङ्गो लागेपछि भने बजारले निश्चित गति समात्ने आकलन छ।
 

१३ माघ, २०७९, १३:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।