माया खोला हाइड्रोपावरको आईपीओ खुल्यो

माया खोला हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं: माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका आईपीओ बिक्री गरेपछि आजबाट सर्वसाधारणको लागि बिक्री खुला गरेको हो।

जारी पुँजी रु एक अर्बको ३४ प्रतिशत बराबरको ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीयका लागि १० लाख कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकिएको छ। दुई लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, एक लाख २० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको र ४८ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ।

बाँकी १९ लाख ९२ हजार कित्ता शेयर प्रतिकित्ता रु एक सयका दरले सर्वसाधारणलाई निष्काशन गरिएको कम्पनीले जनाएको छ।

लगानीकर्ताले यही माघ १७ सम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा माग बमोजिम आवेदन नपरे माघ २७ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता खरिदका लागि आवेदन दिन सकिने छ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीलाई 'इक्रा एनपी आरआर बीबी माइनस' रेटिङ प्राप्त भएको छ।

कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको माया खोलामा १४.९ मेगावाट क्षमताको मायाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

१३ माघ, २०७९, १२:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।