श्रीलंकाले आयात प्रतिबन्धबाट जोगायो २.५ अर्ब डलर

श्रीलंकाले आयात प्रतिबन्धबाट जोगायो २.५ अर्ब डलर

एजेन्सी : श्रीलंकाले सन् २०२२ मा आयातमा लगाइएको प्रतिबन्धपछि दुई अर्ब ५० करोड अमेरिकी डलर गरेको छ।

बचत भएको रकमबाट इन्धन, औषधि, मललगायतका अत्यावश्यक वस्तु आयात गरिएको श्रीलंकाका वित्त राज्यमन्त्री रञ्जित स्याम्बालापिटियाले जानकारी दिए।

‘आयात प्रतिबन्धका कारण मानिसहरूले सन् २०२२ मा जस्तो कष्ट भोग्नुपर्ने छैन,’ उनले भने, ‘देशले कर वृद्धि गरेर राजस्व पनि बढाएको छ र ब्याजदर बढाएर मुद्रास्फीति घटाएको छ।’

श्रीलंका सरकारले सन् २०२२ को अगष्टमा एक हजार ४०० भन्दा बढि वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो।

तर आर्थिक संकटको अवस्था केही सुस्ताएपछि केही वस्तुमा लगाइएको प्रतिबन्ध हटाएको थियो।

१२ माघ, २०७९, २२:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।