काठमाडौं महानगरपालिकाले हटायाे ९ हजार अनधिकृत बोर्ड

काठमाडौं महानगरपालिकाले हटायाे ९ हजार अनधिकृत बोर्ड

काठमाडौं : काठमाडौं महानगरपालिकाले ९ हजार अनधिकृत बोर्ड हटाएको छ।

मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड हटाएको हो।

महानगरले गएको असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने बोर्डको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरेकाे थियाे।

सूचनामा मापदण्डमा आउनसक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैँ व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको थियो।

तोकिएको समय सकिएपछि कार्तिक २७ गतेबाट अनधिकृत बोर्ड हटाउन थालिएको थियो। यससँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाइँदैछ।

महानगरको आर्थिक ऐन २०७९ बमोजिम ६ वर्ग फुटसम्मको परिचय पाटीको वार्षिक शुल्क ५ सय रूपैयाँ हो भने १५ बर्गफुटसम्मको शुल्क १ हजार ५ सय रुपैयाँ हो।

१५ बर्गफुटदेखि ३० बर्गफुटसम्मका परिचय पाटीको प्रति वर्गफुट १ हजार रुपैयाँ थप शुल्क तिनुपर्छ।

१२ माघ, २०७९, २१:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।