जापानको समुन्द्रमा कार्गो जहाज डुब्यो, ६ चिनियाँसहित ८ जनाको मृत्यु

जापानको समुन्द्रमा कार्गो जहाज डुब्यो, ६ चिनियाँसहित ८ जनाको मृत्यु

एजेन्सी : जापानको समुन्द्रमा मालवाहक जहाज डुब्दा ६ चिनियाँसहित आठ जनाको मृत्यु भएको छ।

जिन टियान नामको जहाज मंगलबार डुबेको र बेलुकादेखि उद्धार कार्य जारी छ। कोस्ट गार्ड र दक्षिण कोरियाका निजी जहाजहरू यस काममा संलग्न छन्।

उद्धार गरिएका पाँच जनाको अवस्था सामान्य रहेको बीबीसीले जनाएको छ।

२२ जना सवार जहाज जापानको डाङ्गो टापुबाट करिब एक किलोमिटर टाढाबाट स्ट्रेस सिग्नल पठाउन थालेको थियो।

जापानले अहिलेसम्म मृत्यु हुनेको संख्या पुष्टि गरेको छैन।

१२ माघ, २०७९, १६:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।