यी हुन् बागमती प्रदेश सरकारमा एमालेले पठाउने तीन मन्त्री

यी हुन् बागमती प्रदेश सरकारमा एमालेले पठाउने तीन मन्त्री

हेटौंडा : एमालेले बागमती प्रदेश सरकारमा पठाउने थप तीन मन्त्रीको नाम टुंग्याएको छ।

एमालेको भागमा परेको ४ मन्त्रालयमध्ये संसदीय दलका नेतासमेत रहेका चितवनका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन्।

मकवानपुरका एकालाल श्रेष्ठ, काठमाडौंका केशव पोखरेल, ललितपुरका रामेश्वर श्रेष्ठलाई पठाउने निर्णय भएको एमाले नेता एवम् पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए।

यद्यपि मन्त्रालय भने अहिलेसम्म टुंगो लागेको छैन।

१४ मन्त्रालयबाट ३ वटा कटौती गर्ने निर्णयसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बुधबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्।

११ माघ, २०७९, ११:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।