काठमाडौं : ईलामका प्रेमप्रसाद आचार्यले मंगलबार आत्मदाह गरेपछि राति नै नेपाल प्रहरीले बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न पम्प सञ्चालकहरूलाई निर्देशन दिएकाे छ।
उकेरा न्युज
प्रेमप्रसादले आत्मदाह गर्नेबित्तिकै पम्प सञ्चालकलाई प्रहरीकाे निर्देशन- ‘बोतल र जर्किनमा पेट्रोलियम पदार्थ नबेच्नू’

काठमाडौंका केही पेट्रोल पम्पले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरेको हुनाले यसलाई रोक लगाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना निकालेर पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुन सक्ने भन्दै बोतल, जर्किनमा पेट्रोललगायत नराख्न भनेको हाे।
जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।
२०७९ माघ ११ गते ९:०५ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।