‘गृहमन्त्रीले नै संवैधानिक व्यवस्थामा प्वाल पारियो भने देश विरोधी अपराध ठहर्नेछ’

काठमाडौं : सत्ता साझेदार दल एमालेका नेता डा. भीम रावलले गृहमन्त्री रवि लामिछानेले कानून मिचेको बताएका छन्।
बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले गृहमन्त्री निमित्त पात्र भएर दोहोरो नागरिकता राख्न नपाइने संवैधानिक व्यवस्थामा प्वाल पारेको खण्डमा देशविरोधी अपराध ठहर्ने भन्दै कानून मिचेको बताएका हुन्।
‘संविधान बनाउने बेलामा धेरै बहसपछि नेपालजस्तो देशमा दोहोरो नागरिकता दिन नहुने निष्कर्षका साथ सोही बमोजिम संवैधानिक व्यवस्था गरिएको हो,’ उनले लेखेका छन्, ‘गृहमन्त्री रवि लामिछानेजी निमित्त पात्र भएर उक्त संवैधानिक व्यवस्थामा प्वाल पारियो भने देश विरोधी अपराध ठहर्नेछ। गृहमन्त्रीबाट कानून मिचिएको छ।’
संविधान बनाउने बेला धेरै बहस पछि नेपाल जस्तो देशमा दोहोरो नागरिकता दिन नहुने निष्कर्षका साथ सोही बमोजिम संवैधानिक व्यवस्था गरिएको हो।गृह मन्त्री रवि लामिछानेजी निमित्त पात्र भएर उक्त संवैधानिक व्यवस्थामा प्वाल पारियो भने देश विरोधी अपराध ठहर्ने छ।गृहमन्त्रिबाट कानून मिचिएको छ।
— Bhim Rawal, PhD (@BhimRawal179) January 25, 2023
११ माघ, २०७९, ०८:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।