उकेरा न्युज

‘गृहमन्त्रीले नै संवैधानिक व्यवस्थामा प्वाल पारियो भने देश विरोधी अपराध ठहर्नेछ’


काठमाडौं : सत्ता साझेदार दल एमालेका नेता डा. भीम रावलले गृहमन्त्री रवि लामिछानेले कानून मिचेको बताएका छन्।

बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले गृहमन्त्री निमित्त पात्र भएर दोहोरो नागरिकता राख्न नपाइने संवैधानिक व्यवस्थामा प्वाल पारेको खण्डमा देशविरोधी अपराध ठहर्ने भन्दै कानून मिचेको बताएका हुन्।

‘संविधान बनाउने बेलामा धेरै बहसपछि नेपालजस्तो देशमा दोहोरो नागरिकता दिन नहुने निष्कर्षका साथ सोही बमोजिम संवैधानिक व्यवस्था गरिएको हो,’ उनले लेखेका छन्, ‘गृहमन्त्री रवि लामिछानेजी निमित्त पात्र भएर उक्त संवैधानिक व्यवस्थामा प्वाल पारियो भने देश विरोधी अपराध ठहर्नेछ। गृहमन्त्रीबाट कानून मिचिएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

यौन प्रलोभनमा ‘नेपाली गर्ल्स’ एप डाउनलोड, ६ घण्टामा बैंक खातै रित्तियो

उनको एनआइसी एसिया बैंकमा खाता थियो। उनी यसै बैंककै इ-बैंकिङ सेवा प्रयोग गर्थे। गत मंसिर २५ गते भने ७ बजेदेखि रातको १ बजेसम्म उनकाे मोबाइल फोन आफ्नाे नियन्त्रणमा थिएन। यसै....

प्रधानमन्त्री दाहाल र मलेसियाका गृहमन्त्री इस्माइलबीच भेटवार्ता

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा मलेसियामा रहेको नेपाली आप्रवासी कामदारको हित संरक्षण लगायत आपसी हितका विषयमा छलफल भएको....

कार्यकर्ताको भावनाबमोजिम राष्ट्रपतिमा लड्न चाहन्छु : शुक्रराज शर्मा

शुक्रबार विहान सोल्टीमोडस्थित निवासमा कांग्रेस नेताहरूसँगको छलफलपछि अवसर दिएको खण्डमा राष्ट्रपतिको उम्मेदवारको रूपमा अघि बढ्न तयार रहेको शर्माले बताएका हुन्। छलफलमा सहभागी नेताहरूले राष्ट्रपतिमा स्वच्छ....

बिहीबारदेखि भीरमा अड्किएका पुरुषको शुक्रबार सकुशल उद्वार

पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ भिरमा अड्किएका वडा नम्बर ७ दुर्लुङ्गचोक बस्ने ५३ वर्षीय गौतमको शुक्रबार सशस्त्र प्रहरील उद्धार गरेको हो। स्थानीयले जानकारी गराएपछि सशस्त्र....

आफ्नै बुवाको हत्या आरोपमा ३२ वर्षीय युवा पक्राउ

५५ वर्षीय निरकुमार राईको हत्या अभियोगमा चन्द्रपुर नगरपालिका–६ हातेमालो सामुदायिक वन नजिक बस्ने ३२ वर्षीय प्रकाश राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो। मादक पदार्थ....