उकेरा न्युज

गृहमन्त्रीको नागरिकता विवादबारे संवैधानिक इजलासमा आज बहस


काठमाडौं : गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको नागरिकता विवादबारेको मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ।

रविराज बसौला र युवराज पौडेलले लामिछाने सांसद् हुनसमेत अयोग्य रहेको भन्दै उनलाई काममा रोक लगाउनुपर्ने मागसहित सर्वोच्चमा रिट हालेका थिए।

अमेरिकी नागरिकता र पासपोर्ट प्राप्त गरेसँगै नेपाली नागरिकता स्वतः बदर हुनेमा लामिछानेले नेपाल फर्केर दल दर्ता तथा प्रतिनिधिसभामा उम्मेदवार बन्दा पुरानै नागरिकता प्रयोग गरेको रिटमा उल्लेख छ।

यसअघि गत पुस २२ गते संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत रहेको इजलासमा बहस भएको थियो।

सो दिन जारी आदेशमा ‘विवादको सुनुवाइलाई अग्राधिकार प्रदान गरी छिटो छरितो रूपमा सम्पन्न गर्न आवश्यक देखिएको’ जनाइएको थियो।

संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी विवादमा मागेको जवाफमा प्रतिनिधिसभा सचिवालय, निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंले रिट खारेज गर्न माग गरेका थिए।

चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने पुस ११ गते उपप्रधानमन्त्रीको भूमिकासहित गृहमन्त्री नियुक्त भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

बलात्कार आराेपी लामिछानेलाई राष्ट्रिय टीममा फर्काउने निर्णय तत्काल फिर्ता लिनुपर्छ : गगन थापा

मंगलबार क्यानले पूर्वकप्तानसमेत रहेका लामिछानेकाे निलम्बन फुकुवा गर्दै बिहीबार राष्ट्रिय टीमकाे बन्द प्रशिक्षणामा सहभागी गराएपछि कांग्रेस महामन्त्री थापाकाे यस्ताे भनाइ आएकाे हाे। उनले भनेका छन्- 'बलात्कार....

यौन प्रलोभनमा ‘नेपाली गर्ल्स’ एप डाउनलोड, ६ घण्टामा बैंक खातै रित्तियो

उनको एनआइसी एसिया बैंकमा खाता थियो। उनी यसै बैंककै इ-बैंकिङ सेवा प्रयोग गर्थे। गत मंसिर २५ गते भने ७ बजेदेखि रातको १ बजेसम्म उनकाे मोबाइल फोन आफ्नाे नियन्त्रणमा थिएन। यसै....

प्रधानमन्त्री दाहाल र मलेसियाका गृहमन्त्री इस्माइलबीच भेटवार्ता

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा मलेसियामा रहेको नेपाली आप्रवासी कामदारको हित संरक्षण लगायत आपसी हितका विषयमा छलफल भएको....

कार्यकर्ताको भावनाबमोजिम राष्ट्रपतिमा लड्न चाहन्छु : शुक्रराज शर्मा

शुक्रबार विहान सोल्टीमोडस्थित निवासमा कांग्रेस नेताहरूसँगको छलफलपछि अवसर दिएको खण्डमा राष्ट्रपतिको उम्मेदवारको रूपमा अघि बढ्न तयार रहेको शर्माले बताएका हुन्। छलफलमा सहभागी नेताहरूले राष्ट्रपतिमा स्वच्छ....

बिहीबारदेखि भीरमा अड्किएका पुरुषको शुक्रबार सकुशल उद्वार

पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ भिरमा अड्किएका वडा नम्बर ७ दुर्लुङ्गचोक बस्ने ५३ वर्षीय गौतमको शुक्रबार सशस्त्र प्रहरील उद्धार गरेको हो। स्थानीयले जानकारी गराएपछि सशस्त्र....