एजेन्सी : भारत लखनउको वजिर हसनगञ्ज रोडमा चार तले आवासीय भवन भत्किएको छ।
नेपाल बाहिर
घटनालगत्तै घटनास्थलमा उद्धार र राहत कार्यमा स्थानीय प्रहरी जुटेको छ। समाचार एजेन्सी पीटीआईले उपमुख्यमन्त्री ब्रजेश पाठकलाई उद्धृत गर्दै दुर्घटनामा तीन जनाको मृत्यु भएको आशंका गरेको बताएको छ।
बिबिसी संवाददाता अतन्त जनानेका अनुसार अलया अपार्टमेन्ट नामक भवनबाट हालसम्म ६ जनालाई सकुशल बाहिर निकालिएको छ भने केही मानिस अझै पुरिएको आशंका छ।
उक्त भवनमा १२ वटा फ्ल्याट थिए जसमा आठ परिवार बस्थे। उनीहरूमध्ये समाजवादी पार्टीका प्रवक्ता अब्बास हैदरका परिवारका सदस्य पनि छन्।
२०७९ माघ १० गते २१:३६ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।