काठमाडौं : भारतको इन्दोरमा सम्पन्न न्युजिल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिज घरेलु टोलीले क्लिन स्वीप गरेको छ।
सिरिजको अन्तिम खेलमा न्युजिल्याण्डलाई ९० रनले पराजित गर्दै घरेलु टोलीले सिरिज क्लिन स्वीप गरेको हो।
उकेरा खेल
टस हारेर पहिले ब्याटिङ गरेको भारतले नौ विकेटमा ३ सय ८५ रन बनाएको थियो।
जवाफमा न्युजिल्यान्डको सम्पूर्ण टोली ४१.२ ओभरमा २९५ रनमा समेटियो।
न्युजिल्याण्डका लागि ओपनर डेभोन कोनवेले सर्वाधिक १३८ रन बनाए।
भारतका लागि शार्दुल ठाकुर र कुलदीप यादवले तीन–तीन विकेट लिए। युजभेन्द्र चहलले दुई विकेट लिए।
त्यसअघि भारतका रोहित शर्मा र शुभमन गिलले शतक प्रहार गरेका थिए।
२०७९ माघ १० गते २१:३० मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।