न्यूजिल्याण्डलाई भारतको ३८६ रनको लक्ष्य

न्यूजिल्याण्डलाई भारतको ३८६ रनको लक्ष्य

काठमाडौं : भारतको इन्दोरमा भएको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजको तेस्रो खेलमा घरेलु टोलीले न्युजिल्याण्डलाई जितका लागि ३८६ रनको लक्ष्य दिएको छ।

भारतले नौ विकेट गुमाएर ३८५ रन बनायाे। उसका लागि शुभमन गिल र रोहित शर्माले शतक प्रहार गरे। उनीहरूले क्रमशः ११२ र १०१ रन जोडे।

हार्दिक पाण्ड्याले ५४, विराट कोहलीले ३६ र शार्दुल ठाकुरले २५ रनको योगदान दिए।

न्युजिल्याण्डका लागि लोकी फर्गुसनले दुई विकेट लिए।

यसअघि न्युजिल्याण्डले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो।

माघ १०, २०७९ मंगलबार १८:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।