उकेरा खेल

सूर्य नेपाल एनपीजीए म्याच प्लेकाे क्वाटरफाइनल समीकरण पूरा


काठमाडौंः सूर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२/२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको क्वाटरफाइनल समीकरण पूरा भएको छ। 

जारी प्रतियाेगितामा पहिलो चरणको खेल जित्दै नेपालका नम्बर एक प्रोफेसनल गल्फर शुक्र बहादुर राईसँगै दोस्रो वरियताका साविक विजेता खेलाडी भुवन नगरकोटीले अन्तिम आठमा स्थान बनाएका छन्।

त्यसैगरी, क्वाटरफाइनलमा पुग्ने अन्य खेलाडीमा रबि खड्का, रमेश अधिकारी, धन बहादुर थापा, जयराम श्रेष्ठ, भुवन कुमार रोक्का र दिनेश प्रजापति रहेका छन्।

शुक्रले २०औं वरियताका टंक बहादुर कार्कीलाई सहजै ५/४ ले हराए। शुक्रले क्वाटरफाइनलमा १०औं वरियताका भुवन कुमार रोक्कालाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएका छन्।

भुवनले नवौं वरियताका रामे मगरलाई २/१ ले पराजित गरेका हुन्।

दोस्रो वरियताका भुवन नगरकोटीले भने १९औं वरियताका सञ्जोक मोक्तानलाई २/१ ले हराए। उनले अब आठौं वरियताका धन बहादुर थापासँग खेल्नेछन्।

धनले पहिलो चरणमा ११औं वरियताका धरानका बलभद्र राईलाई ३/२ ले पराजित गरेका थिए।

यसैगरी, तेस्रो वरियताका जयराम श्रेष्ठले क्वाटरफाइनलमा पुग्ने क्रममा १७औं वरियताका कृष्णमान राजबाहकलाई अन्तिम होलमा (१-अप) पराजित गरे।

उनले अब सातौं वरियताका दिनेश प्रजापतिसँग खेल्नेछन्। दिनेशले पनि अन्तिम होलमा १२औं वरियताका सुर्य प्रसाद शर्मालाई पराजित गरे।

अर्को खेलमा पाँचौ वरियताका रबि खड्काले १५औं वरियताका प्रदीप कुमार लामालाई २/१ ले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरे।

उनले १३औं वरियताका रमेश अधिकारीसँग खेल्नेछन्। रमेशले पहिलो चरणमा अप्रत्याशित नतिजा निकाल्ने क्रममा छैटौं वरियताका सञ्जय लामालाई ३/१ ले पराजित गरे।

अब बुधबार क्वाटरफाइनल र सेमिफाइनलका खेलहरु हुनेछन् भने फाइनल खेल बिहीबार हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

सन्दीप फर्किए नेपाली टिमकाे प्रशिक्षणमा, सामाजिक सञ्जालमा भने #BoyCottCAN अभियान

विशेषगरी सामाजिक सञ्जालमा क्यानकाे विरोधमा #BoyCottCAN अभियान चलाइएकाे छ भने अभियानकर्ताहरुले भाेलि शनिबार माइतीघरमा विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका छन्। #BoyCottCAN अभियानलाई समर्थन गर्दै ट्वीटरमा तुल्सीराम भुषालले लेखेका छन्, ‘क्रिकेटका....

सन्दीपको रिहाइविरुद्ध परेको पुनरावेदनमा सर्वाेच्चले माग्याे मूल मुद्दाकाे सबै कागजात

बलात्कार आरोपमा कारागार चलान भएका सन्दीपलाई पुर्पक्षको लागि धरौटीमा छोड्न उच्च अदालत, पाटनले आदेश दिएको थियो। त्यसपछि उनी २० लाख धरौटीमा थुनामुक्त भएका थिए। गत मङ्गलबार महान्यायाधिवक्ता कार्यालयले धरौटीमा छोड्ने आदेश....

नाबालिग बलात्कारकाे आरोप लागेका सन्दीप राष्ट्रिय टिममा फर्कंदै, क्यानले बोलायाे बन्द प्रशिक्षणमा

खेलाडी छनोट समितिका संयोजक दीपेन्द्र चौधरीका अनुसार सन्दीपलाई बिहीबारदेखि बन्द प्रशिक्षणमा सहभागी हुन बाेलाइएको छ। क्यानले निलम्बन फुकुवा गरेसँगै उनलाई नेपाली टोलीमा बाेलाउने बाटाे खुलेकाे चौधरीले बताए।  ....

भारतको कीर्तिमानी जितमा गिलकाे शतक, तोडे कोहलीको रेकर्ड

भारतले टि-२० अन्तर्राष्ट्रिय ‍इतिहासमा यति ठूलो रन अन्तरको जित हात पारेको यो नै पहिलो पटक हो। सिरिजको पहिलो खेल हारेको भारतले यो जितसँगै सिरिजको उपाधिमा....

म्यानचेस्टर युनाइटेड इएफएल कपको फाइनलमा, उपाधिका लागि न्यूक्यासलसँग भिड्ने

पहिलो लेग ३-० ले जितेको म्यानचेस्टर युनाइटेडले यो जितसँगै समग्रमा ५-० काे जितसहित इएफएल कपको अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो। गए राति घरेलु मैदानमा भएको खेलमा युनाइटेडको जितमा मार्सियाल....