उकेरा अर्थ

निर्यात मात्र हाेइन आयात पनि घट्याे


काठमाडौं : चालु आर्थिक वर्ष २०७९/८०को छ महिनामा आयातसँगै निर्यात पनि घटेको छ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो।

तथ्याङ्कअनुसार गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात २० दशमलव ६८ र निर्यात ३२ दशमलव शून्य एक प्रतिशतले कमी आएको हो।

गत आर्थिक वर्षको पुससम्म रू नौ खर्ब ८८ अर्ब ३४ करोड ४२ लाखको वस्तु आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रूपैयाँको आयात भएको हो।

साथै गत आवको पुससम्म रू एक खर्ब १८ अर्ब ८५ करोडको वस्तुको निर्यात भएकोमा चालु आवको सोही अवधिमा जम्मा रू ८० अर्ब ८० करोड ७४ लाखको निर्यात भएको हो।

तथ्याङ्क अनुसार कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ७५ र निर्यातको हिस्सा नौ दशमलव २५ प्रतिशत छ।

चालु आर्थिक वर्षको छ महिनामा व्यापारघाटा रू सात खर्बभन्दा पुगेको छ।

विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैदेशिक व्यापारघाटा रू सात खर्ब ११ अर्ब ८५ करोड ८८ लाख पुगेको छ।

समीक्षा अवधिमा नेपालले रू आठ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाखको वैदेशिक व्यापार गरेको छ।

गत आवमा रू आठ खर्ब ८० अर्ब बढीको व्यापारघाटा हुँदा रू ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाखभन्दा बढीको वैदेशिक व्यापार भएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

नेपाल एयरलाइन्सकाे टिकट अब अनलाइनबाटै

एयरलाइन्सले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अनलाइनमार्फत टिकट लिन सकिने बताएको हो। एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि निगमको वेबसाइटमार्फत अन्तर्राष्ट्रिय कार्डबाट टिकट लिन सक्ने जनाएको छ।....

साप्ताहिक शेयर समीक्षा : राजनीतिक उतारचढावले बजार घट्यो

सूचक घटे पनि शेयर कारोबार रकम खासै घटेको देखिएन। आइतबार करिब दुई अर्ब ९३ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो। पुसदेखि निरन्तर बढेको शेयर....

बिहीबार बढेर रेकर्ड बनाएको सुनकाे मूल्यमा गिरावट, आज १४०० रुपैयाँले घट्याे

अघिल्लो दिन सुनकाे मूल्य हालसम्मकै उच्च विन्दुमा रहँदा प्रतितोला १ लाख ७ हजार ५ सयमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य....

शेयर बजारमा दोहोरो अंकको गिरावट, आदर्श लघुवित्तमा सर्किट लाग्यो

आज १३ उपसूचक समूहमध्ये कुनै पनि बढ्न सकेन। सबैभन्दा बढी नोक्सान जीवन बीमा समूहमा २.१७ प्रतिशतले हुँदा त्यसपछि जलविद्युत्मा २.०६ प्रतिशतले घट्यो। बजार घटेसँगै कारोबार....

याे वर्ष म्याग्दी जिल्लाले मात्रै बेच्याे २० करोडको सुन्तला

म्याग्दीमा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौं, पोखरा, मुग्लिन लगायतका बजारमा निकासी हुने गरेकाे छ। ‌औसतमा प्रतिकिलो रु ६० का दरले रु २०....