काठमाडौं : कारोबार हुने साताको तेस्रो दिन सेयर बजार सामान्य रूपमा बढेको छ।
मंगलबार नेप्से परिसूचक ८.१५ अंकले बढेर २१७३.२५ विन्दुमा पुग्दा क वर्गका कम्पनीको कारोबार हुने सेन्सेटिभ परिसूचक २.५३ अंकले उकालो लागेर ४१५.५४ विन्दुमा छ।
उकेरा अर्थ
१३ उपसूचकमध्ये बैंक, लगानी, उत्पादन तथा प्रशोधन र म्युचल फण्ड समूह घट्दा बाँकी समूहमा सामान्य वृद्धि आएको छ। सबैभन्दा बढि फाइनान्स समूह ३.८८ प्रतिशतले बढेको छ।
बजारमा सामान्य रूपले बढे पनि आज कारोबारमा भने कमी आएको छ। सोमबार बजार ऋणात्मक हुँदा पनि ३ अर्ब ८० करोडभन्दा बढिको कारोबार भएकोमा आज २४८ कम्पनीका ८३ लाख कित्ता शेयर किनबेच हुँदा मात्र ३ अर्बको कारोबार भएको छ।
आज सानिामा जीआईसी इन्स्योरेन्स र सूर्योदय ओमी लघुवित्तका लगनीकर्ताले १० प्रतिशतले कमाएका छन्। यी कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।
कारोबारको हिसाबले भने नेपाल टेलिकम १२ करोडसहित पहिलो स्थानमा रहँदा शिवश्री हाइड्रोपावर १० करोडको साथ दोस्रो स्थानमा छ।
२०७९ माघ १० गते १५:२८ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।