पृथ्वी हाइवे ट्रमा अस्पताल सूर्य नेपालद्वारा एम्बुलेन्स हस्तान्तरण

पृथ्वी हाइवे ट्रमा अस्पताल सूर्य नेपालद्वारा एम्बुलेन्स हस्तान्तरण

काठमाडौं : सूर्य नेपाल प्रालिले सशस्त्र प्रहरी बल नेपाल विपद्, व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवनमा रहेको पृथ्वी हाइवे ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ।

हाल सो ट्रमा अस्पतालमा  एम्बुलेन्सको अभाव भएकोले तुरुन्तै घाइते बिरामीहरूलाई उद्धार गर्न कठिनाइ भएकाले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको प्लाटफर्म सूर्य नेपाल आशामार्फत एम्बुलेन्स उपलब्ध गराएको हो।

प्राप्त एम्बुलेन्स हाइवेका वरिपरी हुने दुर्घटनामा परेका बिरामीहरूको उद्धारका लागि प्रयोग हुनेछ।

सोमबार एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी बल नेपाल विपद्, व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवनका प्रमुख एसएसपी अन्जनीकुमार पोख्रेललाई कम्पनीको भाइस प्रेसिडेन्ट करपोरेत अफैर्स रवी के सिले एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए।

१० माघ, २०७९, १४:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।