चलिरहेको विमानमा एयर होस्टेसमाथि यौन दुर्व्यवहार, डिबोर्डपछि यात्रु पक्राउ

चलिरहेको विमानमा एयर होस्टेसमाथि यौन दुर्व्यवहार, डिबोर्डपछि यात्रु पक्राउ

एजेन्सी : स्पाइसजेटको दिल्लीबाट हैदरावादको उडानमा क्याबिन क्रुका सदस्यसँग दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक यात्रुलाई पक्राउ गरेको छ।

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार अधिकारीहरूले मंगलबार यो जानकारी दिए। उनले केबिन चालक दलका सदस्यका तर्फबाट एयरलाइन्सका सुरक्षा अधिकृतले उजुरी दिएको बताए।

दिल्लीबाट हैदरावाद जाँदै गरेको स्पाइसजेटको उडान–८१३३ मा केबिन क्रु सदस्यमाथि यात्रुले दुर्व्यवहार गरेको आरोपमा सोमबार साँझ ४ः३९ बजे पीसीआर कल गरिएको थियो।

उडान भर्ने क्रममा यात्रुले केबिन क्रुकी महिला सदस्य (एयर होस्टेस)सँग दुर्व्यवहार गरेपछि उनलाई उडानबाट डिबोर्ड गरिएको र प्रहरी चौकी लगिएकाे प्रहरीले जनाएको छ।

उनीहरूलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी चौकीमा भारतीय दण्ड संहिताको धारा ३५४ ए (यौन उत्पीडन) अन्तर्गत मुद्दा दर्ता गरी पक्राउ गरिएको छ।

माघ १०, २०७९ मंगलबार १४:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।