नेपाल बाहिर

इस्टोनियाले निष्काशित गर्‍यो रुसी राजदूत


एजेन्सी: इस्टोनियाले रुसी राजदूतलाई निष्काशन गरेको छ। रुसले इस्टोनियाली राजदूतलाई निष्काशन गरेको बदलामा इस्टोनियाले पनि त्यसो गरेको हो।

रुसी पक्षको निर्णयको प्रतिक्रियास्वरूप इस्टोनियाले पनि रुसी राजदूतलाई देश छाड्न आग्रह गरेको इस्टोनियाका विदेशमन्त्री उर्मास रेइन्सालुले बताए। रुसले इस्टोनियाली राजदूतलाई निष्काशन गर्दै इस्टोनियाको कूटनीतिक प्रतिनिधित्वलाई राजदूतभन्दा तल्लो तहमा झारेको घोषणा सोमबार गरेको थियो।

विदेशमन्त्री रेइन्सालुले समानताको सिद्धान्तमा इस्टोनियाका लागि रुसका राजदूतले यही नेपाली मितिअनुसार माघ २४ गते स्वदेश फर्कने जानकारी दिए।

साथै इस्टोनियाले रुसलाई तालिनमा रहेको आफ्नो दूतावासमा कूटनीतिक कर्मचारीको सङ्ख्या यही माघ १ गतेदेखि आठमा सीमित गर्न आदेश दिएको छ। मस्कोमा पनि आठ जना मात्र इस्टोनियाली कूटनीतिज्ञ रहने तालिनले स्पष्ट गरेको छ।

यसैबीच, छिमेकी इस्टोनियासँग ऐक्यबद्धता जनाउँदै लात्भियाले पनि रुसबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ। लात्भियाका विदेशमन्त्री एडगरस रिन्केभिक्सले आफ्नो देशले र रुससँगको कूटनीतिक सम्बन्धलाई यही माघ २४ गतेदेखि लागू हुनेगरी राजदूतभन्दा एकतह मुनिको कूटनीतिक कर्मचारीको स्तरमा झारेको बताएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

पाकिस्तानमा जातीय समूहबीच झडप हुँदा पाँच जनाको मृत्यु

घटनामा एक जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। अधिकारीहरूका अनुसार जिल्लाको बाग–ए–नारी क्षेत्रमा जमिनको विवादलाई लिएर झडप भएको थियो। झडपमा दुवै समूहले स्वचालित हतियारको....

लाइभ टिभीमा डिग्री च्यात्ने प्राध्यापकलाई तालिबानले पक्रियो

तालिबानले अहिलेसम्म आधिकारिक रूपमा इस्माइल मशाललाई गिरफ्तार गरेकोबारे टिप्पणी गरेको छैन। यद्यपि तालिवान सूचना मन्त्रालयका एक सदस्यले सामाजिक सञ्जालमा उनीसँग निष्पक्ष व्यवहार गरिने दाबी गरेका छन्। टिभीमा....

पाकिस्तानको एक राजमार्गमा बस र ट्रक जुधे, बसमा सवार १८ जनाकाे मृत्यु

प्रहरीका अनुसार बिहीबार राति त्यस प्रान्तकाे कोहत जिल्ला अन्तर्गत इन्डस राजमार्गमा बस र ट्रक एकआपासमा ठोक्किएका थिए। विपरीत दिशातर्फबाट आएको ट्रकले बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर....

मुद्रास्फीति बढेपछि अर्जेन्टिनाले जारी गर्‍यो दुई हजार पेसोको नोट

अर्जेन्टिनी दुई हजार पेसोको मूल्य ११ अमेरिकी डलर बराबर हुनेछ। यो भनेको आजको विनिमय दरअनुसार एक हजार ४५९ रुपैयाँ बराबर हो। पछिल्लो १२ महिनामा ९५....

जम्मू–कश्मीरमा ‘परफ्युम बम’ बरामद

दिलबाग सिंहका अनुसार यी दुवै बम २० जनवरीमा राखिएको थियो। जनवरी २१ मा मारवालमा २० मिनेटको अन्तरालमा दुईवटा विष्फोट भएको थियो, पहिलो विस्फोटमा नौ जना....