उकेरा शिक्षा

बहुदरमाईले मधेश विश्वविद्यालयलाई जग्गा उपलब्ध गराउने


काठमाडौं: मधेश विश्वविद्यालय सञ्चालनका लागि पर्साको बहुदरमाई नगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ। बहुदरमाई –२ स्थित पिपराटोलमा भएको सर्वदलीय सर्वपक्षीय बैठकमा नगरपालिकासँग विश्वविद्यालयलाई जग्गा उपलब्ध गराउने सहमति भएको विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यले जानकारी दिए।

उनका अनुसार नगरपालिकाले २५ देखि ३० बिघा क्षेत्रफल जग्गा विश्वविद्यालयलाई उपलब्ध गराउने छ।

बहुदरमाई नगरपालिकाका प्रमुख सिङ्गासन साह तेलीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकबाट मधेश विश्वविद्यालयको शाखा सञ्चालनका लागि जग्गा उपलब्ध गराउने सहमति भएको सो नगरपालिका वडा नं २ का वडाध्यक्ष जितेन्द्र पटेलले जानकारी दिए।

यसअघि पर्साको पकाहा मैनपुर गाउँपालिका–२ स्थित श्रीराम जानकी मन्दिरको जग्गामा मधेश विश्वविद्यालयको एउटा शाखा राख्नुपर्ने माग त्यहाँका युवाहरूले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

यस वर्षको एसइई परीक्षा चैत १७ देखि २९ गतेसम्म

चैत १९ आइतबार अनिवार्य गणित, २० गते सोमबार अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीका लागि अङ्ग्रेजीको परीक्षा हुनेछ। चैत २२ बुधबार अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य....

चैत १७ बाट एसईई, यस्तो छ परीक्षा तालिका

परीक्षा समय बिहान ८ बजेदेखि बिहान ११ बजेसम्मको रहेको छ। जसअनुसार पहिलो दिन १७ गते शुक्रबार अनिवार्य अङ्ग्रेजीको परीक्षा हुनेछ। सोही दिन वेद विद्याश्रमतर्फ अनिवार्य....

आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तकको अभाव हुँदैनः शिक्षा मन्त्रालय

समितिको आजको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई याे निर्देशन दिएकाे हाे। शिक्षामन्त्री र मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि सभापति प्रकाश पन्थले यस विषयमा शिक्षा मन्त्रालयको गम्भीर....

बेलकोटगढी नगरपालिकाले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई दश लाख दिने

स्थानीय तहले शिक्षाको समग्र विकास गर्न उद्देश्यले ल्याएको कार्यक्रममार्फत् विद्यालयले विद्यार्थी सङ्ख्या वृद्धि गराउनेदेखि विद्यार्थीलाई दक्ष बनाउन सहयोग पुग्ने विश्वास लिइएको उनको भनाइ छ। “नगरभित्र....

स्नातक तह प्रथम वर्षको परीक्षा सर्‍याे (तालिकासहित)

शुक्रबार एक सूचना निकालेर परीक्षा नियन्त्रणका कार्यालयले २०७९ सालमा हुन लागेको स्नातक तह प्रथम वर्षको परीक्षा तालिका सारेको जानकारी गराएको हो। यसअघि परीक्षा नियन्त्रण कार्यालय,....