उकेरा प्रदेश

मन्त्रालय सङ्ख्या घटेपछि गण्डकी प्रदेशमा माओवादीबाट मन्त्री बन्नेको टुङ्गो


काठमाडौं: माओवादी केन्द्रले म्याग्दीका प्रदेश सभा सदस्य रेशमबहादुर जुग्जाली ‘सुविन’लाई गण्डकी प्रदेश सरकारमा पठाउने भएको छ। सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरेको माओवादीका एक प्रदेश सभा सदस्यले जानकारी दिए।

माओवादी केन्द्रबाट संसदीय दलको नेता हरिबहादुर चुमान यसअघि नै मन्त्रीमा नियुक्त भइसकेका छन्। प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर १२ बाट सातमा पुर्‍याएपछि माओवादीले दुई मन्त्री पाउँदैछ। जुग्जाली म्याग्दीको प्रदेश सभा क्षेत्र (ख)बाट निर्वाचित भएका हुन्।

३९ वर्षीय जुग्जाली माओवादी केन्द्रको म्याग्दी जिल्ला संयोजक समेत हुन्। मालिका गाउँपालिका–७ का जुग्जाली विसं २०७४ को स्थानीय तह चुनावमा वडाध्यक्षमा निर्वाचित भएका थिए। जुज्जाली शहीद परिवारको सदस्य पनि हुन्।

पार्टीले जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरे पनि कुन मन्त्रालय पाउने भन्ने अझै टुङ्गो नलागेको माओवादी केन्द्रले जनाएको छ। सो पार्टीबाट सुशीला सिम्खडा र माओवादीको चिह्नबाट गोरखामा चुनाव जितेका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटा पनि मन्त्रीका लागि आकाङ्क्षी देखिएका थिए।

सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले मन्त्रिपरिषद्ले अब छिट्टै पूर्णता पाउने बताइन्। “कुन मन्त्रालय कसले पाउने भन्ने विषय अझै छलफलमै छ, अब जतिसक्दो चाँडै मन्त्रिपरिषद् विस्तार हुन्छ”, उनले भनिन्।

गत पुस २५ गते मुख्यमन्त्री खगराज अधिकारीसहित तीन बिनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए।

बिनाविभागीय मन्त्रीको हैसियतामा माओवादी केन्द्रका हरिबहादुर चुमान, एमालेबाट सीताकुमारी सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ रहेका छन्।

एमालेले थप दुई मन्त्री सरकारमा पठाउनेछ। मन्त्रालय घटाउने निर्णयसँगै एमाले र माओवादीका गरी अब तीन मन्त्री मात्र नियुक्त हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

'वित्तीय अनुशासन उल्लंघन र अत्यधिक ऋण प्रवाहले सहकारीहरू डुबे'

कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी विकास बाेर्डका उपाध्याक्ष टिकाराम पोखरेलले सहकारीको मर्मभन्दा बाहिर गएर बचतकर्ताको रकममा सञ्चालकहरूको चलखेल गर्दा समस्या देखिएको बताए। समस्या समाधानका लागि सरकारले....

प्रदेश स्थापना दिवसमा गण्डकी प्रदेशले भलिबल प्रतियोगिता गर्ने

परिषद्को शुक्रबार सम्पन्न कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाका लागि सदस्य खगेन्द्र क्षेत्रीको संयोजकत्वमा पाँच सदस्यीय आयोजक समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा प्रदेश खेलकुदका....

बैंक तथा वित्तीय संस्थाले दुःख दिएको भन्दै पोखराका व्यवसायीले थाले संघर्षका कार्यक्रम

पछिल्लो समय आर्थिक मन्दीले व्यापार व्यवसाय चौपट भएका बेला बैंक तथा वित्तीय संस्थाले व्यवसायीलाई प्रताडित पर्ने कार्य गरेकाले यस गलत काम प्रति बाध्य भएर संघर्षमा उत्रिन....

झापामा सिटी सफारी अनियन्त्रित भइ पल्टिंदा चालकको मृत्यु

आज बिहान राजमार्गकाे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ह ७६२९ नम्बरको सिटी आफैं अनियन्त्रित भएर दुर्घटना भएकाे थियाे। जसमा घाइते भएका ढुंगानाको उचारको क्रममा मृत्यु भएको इलाका प्रहरी....

बुटवलका बासिन्दाले पाउने भए रगत सम्बन्धी सबै सेवा निःशुल्क

जसअनुसार अब बुटवलभित्रका बासिन्दाले रुपन्देहीका अस्पतालहरुमा उपचार गराउँदा आवश्यक पर्ने रगत र रगतजन्य सेवा लिंदा शुल्क नलाग्ने व्यवस्था भएको हो। यस सम्झौतामा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल....