नुवाकोट गढी घुम्न गएका पर्यटक रक्सीका बोतल हेरेर खिन्न हुँदै फर्किन्छन्, फोहोरले खानेपानीको मुहान समेत प्रदूषित

नुवाकोट गढी घुम्न गएका पर्यटक रक्सीका बोतल हेरेर खिन्न हुँदै फर्किन्छन्, फोहोरले खानेपानीको मुहान समेत प्रदूषित

बुटवल: पाल्पाको नुवाकोट गढी पछिल्लो समय आन्तरिक पर्यटकहरूको गन्तव्य बनिरहेको छ। बुटवलबाट आधा घण्टाको यात्रामा पुग्न सकिने नुवाकोट गढीको ऐतिहासिक महत्त्व छ। 

बुटवलको सुन्दर दृश्य अवलोकन गर्दै शान्त वातावरणमा रमाउन चाहनेहरूको रोजाइमा पर्ने नुवाकोट गढीमा पछिल्लो समय भने फोहोरका थुप्रोले जो कोहीलाई खिन्न बनाउने गरेको छ।

बुटवल वडा नं. ४ का घनश्याम पराजुलीलाई नुवाकोट गढी सुन्दर होला भन्ने लागेको थियो। नुवाकोट गढीमा दरबार होला भन्ने पनि थियो उनलाई। तर त्यहाँ पुगेपछि उनले नुवाकोटको भ्यू प्वाइन्ट सुन्दर पाएनन्। गढीको संरक्षण र प्रवर्द्धन समेत नभएको पाए।

‘नुवाकोटको सुन्दरतालाई कायमै राख्ने हो भने सरसफाईलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्छ। होइन भने सुन्दर र शान्त वातावरणमा रमाउन आउनेहरू यही फोहोर देखेर फर्केनेछन्। यसले समग्र नुवाकोटको बदनाम बनाउनेछ’, उनले भने।

‘नुवाकोटमा के हेर्न आउने? यही फोहोर हो? कम्तीमा यहाँको फोहोर व्यवस्थापनमा यहाँको समिति, प्रदेश सरकार र स्थानीय सरकारले चासो दिनुपर्छ। त्यसपछि मात्र यहाँको आन्तारिक पर्यटनको विकास हुन्छ’, उनले भने।

उनले नुवाकोटको वातावरण सुन्दर भए पनि सरसफाई र त्यहाँको ऐतिहासिकता जोगाउनुपर्ने बताए।

बुटवल देवीनगरका डि.वी सुस्लिङ साथीभाइसँग नुवाकोट पुग्दा दंग थिए। बुटवलको कोलाहलभन्दा पर केही बेर शान्त वातावरणमा रम्न पुगेका सुस्लिङ जब नुवाकोटको भ्यू प्वाइन्ट पुगे, तब खिन्न भए।

यत्रतत्र छरिएको रक्सीका बोतल, पानीका बोतल र चाउचाउका खोलहरूले भ्यू प्वाइन्ट फोहोर बनाएको देखे उनले। फोहोरका कारण नुवाकोटको सुन्दरता नै क्रमशः मेटिँदै गएको पनि उनले बताए।

‘नुवाकोटको सुन्दरतालाई कायमै राख्ने हो भने सरसफाईलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्छ। होइन भने सुन्दर र शान्त वातावरणमा रमाउन आउनेहरू यही फोहोर देखेर फर्केनेछन्। यसले समग्र नुवाकोटको बदनाम बनाउनेछ’, उनले भने।

स्थानीयका अनुसार पछिल्लो समय नुवाकोटको प्रचारप्रसार हुँदा आन्तरिक पर्यटकको भीड लागेको हो। नुवाकोटमा होटल चलाएका केशव क्षेत्री दैनिक जसो नुवाकोट गढी हेर्न सात सयभन्दा बढी आन्तरिक पर्यटक आउने गरेको बताउँछन्।

१९औँ शताब्दीमा अङ्ग्रेजसँग लड्न बटौली (अहिले बुटवल) देखिने गरी बनाइएको नुवाकोट गढीसम्म पुग्न अहिले पक्की सडक बनेको छ। बेलबासबाट नुवाकोट गढीसम्म पुग्ने सडकको ट्र्याक २०७२ सालमा खुलेको हो। 

त्यसअघि गोरेटो बाटो भएर जानुपर्थ्यो। सडक पुगेपछि बुटवल हुँदै नुवाकोट गढी जानेको सङ्ख्या पनि बढेको छ।

उनै पर्यटकहरूले लगेका प्लास्टिकका झोला, बोतल‚ प्लेट‚ सिसाले बनेका पेय पदार्थका बोतल‚ चुरोटका बट्टा, ठुटा जस्ता फोहोर जथाभावी फालिँदा गढी क्षेत्र फोहोरले ढाकेको छ।

त्यहाँ हिलस्टेशन समेत बनेको छ। नुवाकोट गढीबाट चुरेदेखि दक्षिणतर्फ भारतको उत्तर प्रदेशसम्मको समथर भू-भाग देखिन्छ। त्यही दृश्य हेर्न त्यहाँ पुग्ने गर्दछन् पर्यटकहरू।

स्थानीयका अनुसार पछिल्लो समय नुवाकोटको प्रचारप्रसार हुँदा आन्तरिक पर्यटकको भीड लागेको हो। नुवाकोटमा होटल चलाएका केशव क्षेत्री दैनिक जसो नुवाकोट गढी हेर्न सात सयभन्दा बढी आन्तरिक पर्यटक आउने गरेको बताउँछन्।

नुवाकोट गढीका अलवा त्यहाँ श्री कालभैरव कामना मन्दिर समेत छ। गढीलाई वरपरबाट ढुङ्गाले घेरेर राखे पनि संरक्षण भने त्यति गरिएको छैन। गढीभित्र पनि फोहोरमैला यत्रतत्र देख्न सकिन्छ।

रुपन्देहीको बेलबास बजारदेखि उत्तरतिर चुरेमाथि नौ किलोमिटर उकालो चढेपछि पुगिने नुवाकोट गढीमा पछिल्लो समय स्तरीय होटलहरू समेत सञ्चालनमा आएका छन्। 

बुटवलमा चर्को गर्मी हुँदा गर्मी छल्न समेत धेरै जसो नुवाकोट पुग्ने गर्दछन्। जाडो याममा पनि अहिले दैनिक तीन सयभन्दा बढी हाइकिङ गर्दै नुवाकोट पुग्ने गरेको होटल सञ्चालक क्षेत्रीले बताए।

‘यातायातको सुविधा छ। यातायातका अलवा पनि दैनिक बिहान-साँझ हाइकिङ गर्न यहाँ आउनेहरूको जमात पनि ठूलो छ। हाइक गर्दै आउने र सवारी साधनको प्रयोग गरेर आउनेको सङ्ख्या दैनिक जसो आठ सय बढी हुन्छ’, उनले भने।

नुवाकोटमै अहिले सिद्धार्थ केवलकार निर्माणको क्रममा छ। सिद्धार्थ केवलकार सञ्चालन भएपछि सो क्षेत्रमा आन्तारिक र बाह्य पर्यटकको भीड लाग्ने अपेक्षा त्यहाँका व्यवसायीले गरेका छन्।

‘अहिले पनि आन्तरिक पर्यटकको फ्लो (आगमन) धेरै छ। केवलकार बनेपछि अझ बढी पर्यटकहरूको आकर्षण यो नुवाकोट क्षेत्र बन्ने छ। त्यही कारणले पनि यहाँ ठूला लगानीमा होटलहरू निर्माणका क्रममा छन्’, उनले भने।

‘चुरे क्षेत्रमा फोहोरमैला फैलँदा पानीको मूल सुक्ने समेत डर छ। चुरेको संरक्षण गर्दै सरसफाईमा सबै लागेमा मात्र यसको सदुपयोग सही गर्न सकिन्छ’, उनले भने।

चुरे क्षेत्र ओगट्ने जितेश्वरी सामुदायिक वनका अध्यक्ष गंगाबहादुर केसी आन्तरिक पर्यटनको रूपमा नुवाकोट विकसित भए पनि पर्यटन उत्सर्जित फोहोरबाट भने आजित भएको बताउँछन्।

उनले नुवाकोटको सुन्दरता बढाउन नियमित जसो सरसफाई कार्यक्रम गर्नुको विकल्प नभएको बताउँछन्।

पानीको मुहान समेत प्रदूषित
जंगलमा फोहोर फाल्दा चुरे क्षेत्र कुरूप मात्र बनेको छैन, यसले तल रहेका पानीका मुहानलाई समेत असर छ। 

पुष्पलाल पथ खानेपानी संस्थाका अध्यक्ष गोपाल श्रेष्ठले चुरे क्षेत्र प्रदूषित हुँदा खानेपानीको मूलमा असर परेको बताए। चुरे पहाडको पूर्वी फेदमा रहेका ७९ घर परिवारले चुरे क्षेत्रमा रहेको मूलको पानी प्रयोग गर्ने गर्दछन् भने फूलबारीभन्दा तल ६० घरधुरीको डाँडा टोलले चुरे क्षेत्रमै रहेको अर्को मूलको पानी पिउने गरेका छन्।

‘चुरे क्षेत्रमा फोहोरमैला फैलँदा पानीको मूल सुक्ने समेत डर छ। चुरेको संरक्षण गर्दै सरसफाईमा सबै लागेमा मात्र यसको सदुपयोग सही गर्न सकिन्छ’, उनले भने।

१० माघ, २०७९, ०९:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।