तुलसीपुर उपमहानगरले ऐलानी जग्गामा बनेका घरबाट कर उठाउने

तुलसीपुर उपमहानगरले ऐलानी जग्गामा बनेका घरबाट कर उठाउने

काठमाडौं: तुलसीपुर उपमहानगरपालिकाले ऐलानी जग्गामा बनेका घरबाट समेत कर सङ्कलन गर्ने भएको छ। घर र जग्गा प्रयोग गरेबापत नगर सेवा उपभोग शुल्क लगाउन लागिएको हो।

उपमहानगरपालिकाको आर्थिक विकास समितिले तयार पारेको नगर सेवा उपभोग शुल्क लगाउनेसम्बन्धी मूल्याङ्कन दर स्वीकृत गरी आगामी नगरसभाबाट स्वीकृत गरेर शुल्क लगाउने तयारी गरिएको हो। नगरसभाले अनुमोदन गरेपछि सबै वडामा कार्यान्वयन गर्ने उपमहानगरपालिकाको तयारी छ।

उपमहानगरपालिकाको नगरसभा माघ २० गते बस्ने भएको छ। कार्यपालिकाको छैटौँ बैठकले १२औँ नगरसभा बैठक माघ २० गते बस्ने निर्णय गरेको कार्यपालिका सदस्य खुशीराम चौधरीले बताए।

१० माघ, २०७९, ०८:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।