उकेरा कोलम

एसएलसी पास राजा, जो विद्यालयका विद्यार्थी पढाउँदैनन् तर शिक्षकलाई पढाउँछन्


माघको जाडोमा पिठ्युँमा कालाे भिर्ने झोला बोकी लखरलखर हिँडेर पढाउन जान्छन्, राजा बज्राचार्य। साँझको समय असनको भित्री गल्ली त्योडमा उनको कक्षा चल्छ।

पेशाले शिक्षक होइनन् राजा। ‘शिक्षक’का लागि चाहिने योग्यता आफूसँग नभएको बताउँछन् उनी। तर, विद्यालयका विद्यार्थीदेखि शिक्षकसम्मलाई पढाउँछन्। उनी भाषा पढाउँछन्। ‘नेपाल भाषा’ र ‘रञ्जना लिपी’को पढाउने र सिकाउने गर्छन् उनी।

पछिल्लो समय काठमाडौं महानगरसँगै विभिन्न पालिकास्तरमा ‘नेपाल भाषा’को पाठ्यक्रम समावेश भएसँगै उनको व्यस्तता बढेको छ। त्यसअघि पनि निम्तो आएको कार्यक्रममा त जान्थे उनी तर स्वयंसेवकको रूपमा मात्र पढाउँथे, सिकाउँथे। पारिश्रमिक आउन थालेपछि आजकल उनी झनै उत्साहित भएका छन्।

बाल्यकालदेखि बुढेसकालसम्मा आइपुग्दा उनका अधिकांश काम नेपाल भाषाकै संरक्षण र प्रवर्द्धनमा लगाए। अहिले पनि उनीसँग कसैले  कुरा गर्दा सकेसम्म नेपाल भाषामै बोल्न रुचाउँछन्। नेपाली भाषामा बोल्दा–बोल्दै मातृ भाषा बोल्न थालिहाल्छन्।

विद्यार्थी र शिक्षकलाई सँगै पढाउछन्
पछिल्लो समय लिपीका पुस्तकहरूमा काम गरिरहेका उनी साँझपख गुठीमा भाषा र लिपी पठाउँछन्। त्यसबाहेक अन्य समय किराना पसलमा समय बिताउने गर्छन्।

सामाखुशीमा बस्दै आएका उनको मूल घर भने महाबौद्ध हो। पुरानो घर भूकम्पले बस्नै नहुने गरि भत्काएपछि उनको परिवार लामो समय डेरामा बस्यो। केही समयअघि मात्र सामाखुसीको घरमा सरेको उनी बताउँछन्।

विहानको खान खाएपछि पसल आउँछन् उनी। दिनभर त्यहाँ बसेर साँझको नेपाल भाषा पढाउन जान्छन्। उनको यो दैनिकीमा एकरूपता भने हुँदैन।

धेरैले नेपाल भाषा सिक्ने इच्छा नराख्ने र भइरहेको कक्षा पनि आधा सकिएकाले केही हप्तापछि उनी साँझपख फुर्सद पाउँदैछन्। तर यो फुर्सदले उनलाई खुसीको साटो चिन्ता पो थपेको रहेछ।

‘बिदाको दिन धेरै जना पढ्न आउँछन्, अहिले स्कुल–स्कुलमा नेपाल भाषा र लिपी पढ्नुपर्ने हुन्छ। एक घण्टाको हिसाबले एक महिनाभित्र राम्रोसँग सिकिन्छ,’ उनी थप्छन्, ‘अहिले सिक्न आउने भनेको त प्रायः स्कुल पढाउने शिक्षकहरू नै हो। पाठ्यक्रममै समावेश गरेपछि शिक्षकहरूले सिक्नुपर्ने बाध्यता भयो।’

पाठ्यक्रममा आउनुपूर्व महिनामा दुई/चार जना अनुसन्धानकर्ता र नेवार समुदायकै केहीलाई मात्र सिकाएका उनको कक्षामा अहिले २०/२५ जना विद्यार्थी छन्।

‘पहिला त कहिलेकाहिँ नेवारहरू र पुरातत्वको मान्छेहरू आउथ्यो तर अहिले चैँ प्राय सबै क्षेत्रबाट आउने गर्छन्,’ उनी भन्छन्, ‘अनुसन्धान गर्ने मानिसहरू पनि गुठीमा सम्पर्क गरेर आउँछन्।’

४० वर्षदेखि विभिन्न कार्यक्रममा सहभागी भएर नेपाल भाषा सिकाएका उनले पढाउनै थालेको चाहिँ १० वर्षजति भयो।

पूजा सिक्न जाँदा भाषा सिकेँ
‘बज्राचार्य भनेको नेवारहरूमा पण्डित जस्तै हो। सानैदेखि पूजाआजा गर्नुपर्ने हुन्थ्यो। पूजाआजा सिक्ने बेलामा नै मैले गुरुबाट लिपी पनि सिकेको हुँ,’ उनले सुनाए।

लिपी गुठीको संथापक अध्यक्ष पनि राजाको बाल्यकाल देखिकै साथी हुन्। साथी र उनको समूह मिलेर नेपाल भाषामा प्रकाशित हुने त्रैमासिक पत्रिका ‘पौवा’ समेत निकाले। पत्रिकामा उनले काम लिपीका अक्षरहरू लेख्थे। तर, त्यसले निरन्तरता पाउन सकेन। पत्रिकाको चार अंकभन्दा बढि निकाल्न सकेन उनको समूहले।

‘मैले घरमा पनि हेर्नुपर्थ्यो। आर्थिक अवस्था अलि कमजोर नै थियो त्यतिबेला। त्यै भएर समय दिन सकिएन,’ उनले थपे, ‘पछि साथीले लिपी गुठी खोलेको थाहा पाएँ, अनि यतै जोडिएँ।’

ठूलो परिवारमा जन्मिएका उनले आर्थिक अभावकै कारण एसएलसीभन्दा बढि पढ्न सकेनन्। तीन वर्षको डिप्लोमा मार्फत उनले इलेक्ट्रिकल तालिम लिए। तालिमलगत्तै काम पनि पाए। तर काम गरेको तीन महिनापछि तलबमा तालमेल नमिल्दा छोडे। काम मात्रै उनले त्यो पेशा नै छाडे।

रञ्जना लिपीलाई नेवारी लिपी भनेकोमा राजाको चित्त दुखाइ छ। संयुक्त राष्ट्र संघमा देवनागरी लिपी भारतको नाममा भएकाले राजा महेन्द्रले नेपालबाट रञ्जना लिपी लेखेर लगेको उनले बताए।

‘रञ्जना लिपीलाई नेवार लिपी भनिरहेको छ। तर, यो नेवारहरूको मात्र होइन नि! नेपालको भाषालाई अस्तित्व दिएको लिपी हो रञ्जना लिपी,’ उनले बेलिविस्ता लगाए, ‘संयुक्त राष्ट्र संघमा नेपालबाट तत्कालीन राजा महेन्द्रले देवनागरी लिपी बुझाउदा इन्डियाले आफ्नो दाबी गरेपछि नेपाल फर्केर सल्लाह गरेर रन्जना लिपी लेखेर लगेको।’

मातृभाषा सिकाउँदाकाे खुसी
स्थानीय तहले नेपाल भाषालाई दिएको स्थानबाट आफू मात्र नभएर सम्पूर्ण भाषाप्रेमी खुसी भएको बताउँछन् राजा। उनका अनुसार लिपी ९ किसिमको छ। हनुमान ढोकामा प्रताप मल्लले राखेको शिलालेखमा तीन वटा लिपीको अक्षर कुँदिएको छ।

‘नेवार आख आखर, रन्ज आखर, भुजी म। रन्ज आखरलाई पछि तिब्बतियनहरूले लन्ज भन्यो। मन्जुश्रीले लेखिएको अक्षर भनेर उनीहरूले एकदम श्रद्धा राखेको छ। रन्जना लिपी भनेको जहाँ, त्यै लेख्ने लिपी पनि होइन।’ 

नेवार आखर लिपी देवनागरी जस्तै भएकाले पढ्न सिकाउन सजिलो हुने उनको अनुभव छ।

‘सजिलो भनेको चैँ नेवार आखर। यो देवनागरी जस्तै हो। अहिले प्रचलित नेपाल लिपी भन्छ त्यसलाई। भुजिमो भनेको चैँ त्योभन्दा अलिकति गाह्रो हुन्छ। स्कुलमा अहिले पढ्नुपर्ने नेपाल भाषामा लेख्नेलाई ‘प्रचलित नेपाल लिपी’ भन्छ,’ उनले सुनाए।

गाह्रो र महत्वपूर्ण लिपी रन्जना लिपी भएको भन्दै उनले अहिले यसको प्रवर्द्धन भइरहेकोमा खुसी व्यक्त गरे। राजाले रन्जना लिपी पढाएको हजार रूपैयाँ र नेपाल लिपी पढाएको पाँच सय रूपैयाँ लिने गर्छन्।

वर्षमा केहि महिना नेपाल भाषा पढाएर र आफ्नो नचल्ने पसलमा बसेर उनलाई आफ्नो गुजारा गर्न गाह्रो नहुने कुरै छैन। त्यै पनि उनी आफूलाई मन परेको काम गर्न पाउँदा खुसी छन्।

नियमित कक्षा भयो भने आजकल उनले पढाएबापत महिनामा दश हजार कमाउँछन्। उनको परिवारमा श्रीमती र दुई छोरा छन्। जसमध्ये एउटा विदेशमा छन्।

६० वर्षीय राजालाई विद्यालयहरूबाट पढाउन अफर आउने गर्छ। तर उनी विद्यालयमा पढाउन जान योग्यता नपुग्ने भन्दै पन्छिन्छन्।

‘मेरो योग्यता नै पुग्दैन। एसएलसी पढेकोले के स्कुलमा गएर पढाउनु। त्यै भएर स्कुलमा पढाउन नगएको। शिक्षकहरूलाई पठाएको छु। उहाँहरूले नै पढाउनुहुन्छ त्यहाँ,’ उनले सुनाए।

भविष्यका योजनाहरू नबनजाएका राजाले ‘पौवा’ पुृनः निस्केको खण्डमा त्यसमा भने अझै लिपी लेख्न मन लागेको रहेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

shilakar Udaya

रिपाेर्टरले आफ्नाे मनगढन्त भन्दा सम्बन्धित ब्यक्तिसंग सम्पर्क गरेर लेख्दा गलत लेखिंदैनथ्याे ।


सम्बन्धित समाचार

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....