काठमाडौँ : निर्मला कुर्मी हत्याको छानबिनको माग गर्दै लालटिन बालेर भइरहेको धर्ना कार्यक्रम २४ दिन कट्यो। तर गृह प्रशासनले न्यायको विश्वसनीय आधार दिन सकेको छैन।
फोटो कथा
धर्नामा संलग्न अधिकांश महिलाहरू छन्। उनीहरूले न्यायिक आयोग गठनको माग गरिरहेका छन्। धर्ना स्थलमा पुगेर गृहमन्त्री रवि लामिछानेले न्याय दिन नसके गृहमन्त्री पदबाट राजीनामा दिने दाबी समेत गरे। तर धर्नामा संलग्नहरूले पत्याएनन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पुन सोही घटनाको अनुसन्धानको जिम्मा दिएका छन् गृहमन्त्रीले।
ब्युरोले नै यस अगाडि पनि सो घटनाबारे अनुसन्धान गरेको थियो। केही व्यक्ति पक्राउ पनि परे। निर्मलाले भारतमा दोस्रो विवाह गरेकोसम्म खुल्यो।
उनी नेपाल आएको बेलामा एकाएक शङ्कास्पद रूपमा शव फेला परेको र उनको हत्यामा नेपाली कांग्रेसका नेता बादशाह कुर्मी संलग्न रहेको आन्दोलनमा संलग्न पक्षले दाबी गरिरहेका छन्।
तर राज्यले विश्वसनीय रूपमा उनीहरूको चित्त बुझाउनुको साटो सोमबार उल्टो धर्नाकारीहरूलाई पक्राउ गर्यो। रुबी खान लगायतलाई नियन्त्रणमा लियो।
सोमबार नै वृहत् नागरिक आन्दोलनले उनीहरूको मागमा समर्थन जनाउँदै माइतीघरबाट र्याली निकालेर नयाँबानेश्वरमा भेला भएर न्यायको माग गरेका थिए।
२०७९ माघ ०९ गते १७:४५ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।