करुणा अस्पताल–चुलिखेल सडमा ठूला सवारी सञ्चालन अवरुद्ध

करुणा अस्पताल–चुलिखेल सडमा ठूला सवारी सञ्चालन अवरुद्ध
फाइल तस्बिर

काठमाडौं : काठमाडौंको बुढानिलकण्ठ भंगालस्थित करुणा अस्पतालदेखि चुलिखेल सडकखण्डमा ठूला सवारी साधन सञ्चलान अवरुद्ध भएको छ।

स्थानीयले सडक अवरुद्ध गरेका कारण ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

त्यस सडकखण्ड भएर चल्ने ठूला सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ।

९ माघ, २०७९, १५:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।