स्वास्थ्य बिमा कार्यान्वयन नगरे आम नागरिकलाई सुविधा दिने फगत गफ मात्र हुने स्वास्थ्यमन्त्रीको टिप्पणी

स्वास्थ्य बिमा कार्यान्वयन नगरे आम नागरिकलाई सुविधा दिने फगत गफ मात्र हुने स्वास्थ्यमन्त्रीको टिप्पणी

काठमाडौं : स्वास्थ्य मन्त्री पदम गिरीले वर्तमान सरकारका अगाडि सुशासनको अर्को विकल्प नभएको दाबी गरेका छन्। भेरी र सुशील कोइराला क्यान्सर अस्पतालको निरीक्षणमा पुगेका उनले स्थानीय सञ्चारकर्मीहरूसँग अन्तर्क्रियागर्दै अहिलेको गठबन्धन नटुट्ने र वर्तमान सरकारले नै सुशासनको अनुभूति दिने दाबी गरे।

उनले दुर्गम क्षेत्र लगायतमा स्वास्थ्य बिमा कार्यक्रमलाई अगाडि बढाउनुको विकल्प नभएको र अहिलेको अवस्थामा देखिएको जनशक्ति र पूर्वाधार विकासमा केन्द्रित भएर काम गर्ने बताए।

विभिन्न कारणले स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी हुन नसकेको दाबी गर्दै उनले कुनै पनि मूल्यमा यसलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन नसके सबै आम नागरिकलाई स्वास्थ्य सुविधा उपलब्ध गराउने फगत गफ मात्र हुने दाबी गरे।

मन्त्री गिरीले दादुरा फैलिएको क्षेत्रको अवलोकन समेत गरेका थिए। दादुराका कारण एक जनाको मृत्यु भइसकेको छ। यो फैलनेक्रममा रहेको देखिएको भन्दै उनले आमा समूहसहितको सहभागितामा खोपलाई प्रभावकारी बनाउन घर दैलोमै पुग्ने मन्त्रालयको योजना रहेको उनले बताए।

८ माघ, २०७९, १७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।