फोटो कथा

२८५९औँ सोनाम ल्होछारमा बुटवलमा निकालियो झाँकीसहितको र्‍याली [फोटो फिचर]


तस्बिरहरू: विकाश पराजुली

बुटवल: २८५९औँ सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, रुपन्देहीले तामाङ वेषभूषा र पहिचानसहितको झाँकी निकालेको छ। यो वर्ष बाघ वर्गलाई बिदाई गर्दै खरायो वर्गलाई स्वागत गरेको रूपमा नयाँ वर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मुख्य दिनमा आइतबार सोनाम ल्होछार मनाइएको हो।

पुष्पलाल पार्कमा दीप प्रज्वलन गरी शान्तिपद यात्रा सुरु भएका थियो। र्‍याली दीपनगरस्थित तामाङ समुदायको पूजास्थानमा पुगेर शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाइएको जिल्ला अध्यक्ष राजेश घिसिङले बताए।

विसं २०५८ सालमा स्थापना भई तामाङ जातिलाई एकताबद्ध गरी रचनात्मक कार्यक्रम गर्दै आएको उनले दावी गरे। ‘युवापुस्तालाई तामाङ भाषा लिपि सिकाउने, धर्मसंस्कार, वेषभूषा संरक्षणका लागि विविध कार्यक्रमहरू गर्दै आएको छौ’, उनले भने।

कार्यक्रममा घेदुङका केन्द्रीय सदस्य वीरबहादुर लामाले सबै जातिको आ-आफनै इतिहास भएको भन्दै त्यसमा पनि तामाङहरू उत्कृष्ट र वैज्ञानिक संस्कृति, रीतिरिवाज अपनाउने जातिमा पर्ने दावी गरे।

नेपालमा २०१३ सालमा संस्थागत रूपमा देशभर संगठित भएर काम भएको उनले बताए।

कार्यक्रममा नेपाल तामाङ घेदुङका प्रदेश अध्यक्ष वीरमान लामाले रुपन्देहीमा सानो सङ्ख्यामा रहेका तामाङहरूबाट जातीय पहिचानसँगै सामाजिक कामहरू गर्दै आएको बताए।

मन्जुश्रीले उपत्यका बस्तीलाई बस्न योग्य बनाउँदादेखि नै तामाङ काठमाडौं वरपर बसोबास गर्दै आएको हुँदा पनि उनीहरूको पहिचान बेग्लै छ। नेपालका नौ वटा जिल्लामा तामाङहरू धेरै सङ्ख्यामा बसोबास गर्दै आएको उनले बताए।

तामाङहरूको घरमा झण्डा राखेर पहिचान दिने, भाषा, संस्कृति संरक्षण गर्ने जस्ता कामहरू हुँदै आएको उनले बताए। नेपालमा तामाङहरू १६० भन्दा बढी थरहरू भएको र तिनले तीन प्रकारको भाषा बोल्ने उनले बताए।

देशभर र लुम्बिनी प्रदेशमा समेत तामाङहरू छरिएर रहेका छन्। रुपन्देहीमा दुई हजार तीन सय जनसङ्ख्या रहेको अनुमान गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कान्छीको सङ्घर्ष : एक महिना लगाएर गलैँचा तयार पार्छिन्, तर जम्मा पाँच हजार पाउँछिन्

बुवा खेती किसानी गर्थे। त्यसले मात्र साँझ-बिहानको छाक टार्न मुस्किल हुन्थ्यो। यस्तोमा चार जना छोराछोरीले पढ्न, लेख्न पाउनु त....

मन्त्री फेरिए तर व्यवहार उही : न्याय माग्ने नियन्त्रणमा, आरोपी खुल्ला

धर्नामा संलग्न अधिकांश महिलाहरू छन्। उनीहरूले न्यायिक आयोग गठनको माग गरिरहेका छन्। धर्ना स्थलमा पुगेर गृहमन्त्री रवि लामिछानेले....

हनुमन्ते किनारमा माधवनारायणको मूर्ति स्थापना, एक महिनासम्म स्वस्थानीकाे कथा सुनाइने (फोटोफिचर)

स्वस्थानी व्रत सुरु हुने दिन घरमा राखिएको मूर्तिलाई हनुमानघाट तीर्थमा लगेर राखिएको हो। हनुमानघाट किनारमा एक महिनासम्म स्वस्थानी व्रत बस्ने र कथा सुन्ने गरिन्छ।

हनुमानढोका भित्र्याइयो चाँगुनारायणको कलश, कुमारीले गरिन् दर्शन (फोटोकथा)

कलश भित्र्याउनुअघि कुमारी घरबाट कुमारी बाहिर आएर कलशको दर्शन गरेकी थिइन्। कलश यात्रा रानीपोखरी पुगेपछि बालगोपालेश्वर मन्दिरमा कलशलाई प्रतिस्थापन गरेर हनुमान ढोका लागिएको थियो। यस....

चिरिच्याट्ट हुँदैछन् सेतो मच्छिन्द्रनाथ (फाेटाे फिचर)

पौष शुक्ल पूर्णिमाको दिन रंगरोगन गर्न सक्काएर १० कर्मको संस्कार पूरा गरिन्छ। यसपछि चैत अष्टमीको दिन जमलमा लगेर रथारोहण गरेपछि रथयात्रा सुरु हुन्छ। हेरौं यसवर्षको मच्छिन्द्रनाथलाई रंगरोगन गरिएको....