फिल्म ‘पठान’बारे असमका मुख्यमन्त्रीले भने– ‘को हो शाहरुख खान भनेको?’

फिल्म ‘पठान’बारे असमका मुख्यमन्त्रीले भने– ‘को हो शाहरुख खान भनेको?’

एजेन्सी : भारतको असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले शाहरुख खान र उनको फिल्म ‘पठान’लाई लिएर प्रतिक्रिया दिएका छन्।

गुवाहाटीमा पत्रकारहरूले बजरंग दलका कार्यकर्ताहरूले फिल्मको हिंसात्मक विरोध गरिरहेको प्रश्न गर्दा उनले भने, ‘शाहरुख खान को हुन्? मलाई उनको वा उनको फिल्म पठानको बारेमा केही थाहा छैन।’

जब पत्रकारहरूले मुख्यमन्त्रीलाई शाहरुख खान बलिउड स्टार भएको जानकारी दिए, त्यसको जवाफमा उनले राज्यका जनता हिन्दी फिल्मको सट्टा असमिया फिल्महरूको बारेमा चिन्तित हुनुपर्ने बताए।

शुक्रबार गुवाहाटीमा बजरंग दलका कार्यकर्ताले फिल्म ‘पठान’को विरोधमा चलचित्र प्रदर्शन हुन लागेको नारंगी थिएटरमा तोडफोड गरेका थिए। कार्यकर्ताले फिल्मको पोस्टर च्यातेर जलाएका थिए।

‘बलिउडका धेरैले समस्या लिएर बोलाए पनि खानले मलाई फोन गरेनन्, यदि उनले (शाहरुख खान) बोलाए भने म यो विषयमा हेर्छु,’ मुख्यमन्त्री हिमन्त विश्व शर्माले भने, ‘कानूनी व्यवस्था उल्लंघन गरेको भए मुद्दा दर्ता गरी कारबाही हुन्छ।’

बलिउड मेगास्टार शाहरुख खान र दीपिका पादुकोण आफ्नो फिल्म ‘पठान’ को गीत ‘बेशरम रंग’ मा सुन्तला रङको बिकिनी लगाएको भन्दै आलोचनामा परेका छन्।

विश्व हिन्दू परिषद लगायतका धेरै नेताहरूले फिल्म प्रतिबन्धको माग गरेका छन्।

सिद्धार्थ आनन्द निर्देशित ‘पठान’ जनवरी २५ मा रिलिज हुँदैछ।

७ माघ, २०७९, १९:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।