'पठान'को एडभान्स बुकिङ खुल्नुअघि नै एक लाख १७ हजार टिकट बिक्री, 'बक्स अफिस सुनामी' भएको दावी

'पठान'को एडभान्स बुकिङ खुल्नुअघि नै एक लाख १७ हजार टिकट बिक्री, 'बक्स अफिस सुनामी' भएको दावी

एजेन्सी: बलिउड सुपरस्टार शाहरुख खान यस वर्ष 'पठान' मार्फत ठूलो पर्दामा देखिँदैछन्। फिल्म २५ जनवरीमा रिलिज हुँदैछ।

तर, फिल्मको एडभान्स बुकिङ भने आजैबाट खुलिसकेको छ। बलिउड समीक्षक तथा ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार एडभान्स बुकिङ खुल्नुअघि नै हिजो राति ११ बजेसम्मा भारतका ठूला मल्टिप्लेक्स चेनमा मात्र एक लाख १७ हजार टिकट बिक्री भइसकेको थियो।

उनले 'पठान'लाई 'बक्स अफिस सुनामी लोडिङ' भन्दै यस्तो आकडा सार्वजनिक गरेका थिए।

'पठान' हिन्दीसँगै तमिल र तेलुगु भाषामा पनि रिलीज हुनेछ। हिन्दीमा लगभग चार हजार ५०० स्क्रिनमा रिलिज हुँदा तमिल र तेलुगुमा करिब पाँच हजार स्क्रिनमा फिल्म रिलिज हुनेछ।

यो फिल्मसँगै शाहरुख लिड रोलमा चार वर्षपछि फर्किँदैछन्। अन्तिम पटक उनी लिड रोलमा फिल्म 'जिरो'मा देखिएका थिए।

बक्स अफिसमा फ्लप भएको यो फिल्मयता शाहरुख केवल केमियो रोलमा मात्र देखिएका थिए। 'ब्रह्मास्त्र' र 'लाल सिंह चढ्ढा'मा उनी केमियो भूमिकामा थिए।

पठानको बजेट करिब २५० करोड भारु हो।

६ माघ, २०७९, १२:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।