चिकित्सक सङ्घको निर्वाचन: उपत्यकाबाहिर आजबाट मतदान

चिकित्सक सङ्घको निर्वाचन: उपत्यकाबाहिर आजबाट मतदान

काठमाडौं: नेपाल चिकित्सक सङ्घको निर्वाचनअन्तर्गत आजबाट काठमाडौं उपत्यकाबाहिर मतदान हुँदैछ। आज र भोलि उपत्यकाबाहिरका १६ शाखामा मतदान हुँदैछ।

मतदान समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म रहेको छ। 

नेपाल चिकित्सक सङ्घ, मेची शाखाको मतदान केन्द्र सञ्जीवनी मुटु अस्पताल विर्तामोडमा ६ गते आज मतदान हुने तय गरिएको छ। यस्तै भोलि दमकको लाइफलाइन अस्पतालमा मतदान हुनेछ। यहाँ ताप्लेजुङ, पाँचथर, ईलाम र झापा जिल्लामा कार्यरत सम्पूर्ण सदस्यहरूले मतदान गर्न पाउनेछन्।

यस्तै नेपाल चिकित्सक सङ्घ, कोशी शाखाको मतदान केन्द्र नेपाल चिकित्सक सङ्घ, कोशी शाखा कार्यालय शनिहाट, विराटनगरमा हुनेछ। यहाँबाट भोजपुर र मोरङ जिल्लामा कार्यरत सम्पूर्ण सदस्यहरू मतदान गर्न पाउनेछन्।

यसैगरी नेपाल चिकित्सक सङ्घ, धरान शाखाको मतदान केन्द्र नेपाल चिकित्सक सङ्घको भवन, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेको छ। यहाँबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सङ्खुवासभा, तेह्रथुम, सुनसरी तथा धनकुटा जिल्लामा कार्यरत सम्पूर्ण सदस्यहरू मतदान गर्न पाउनेछन्।

नेपाल चिकित्सक सङ्घ सगरमाथा शाखाको मतदान केन्द्र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल, राजविराजमा रहेको छ। यहाँबाट सप्तरी जिल्लामा कार्यरत सम्पूर्ण सदस्यहरूले मतदान गर्न पाउनेछन्।

नेपाल चिकित्सक सङ्घ लहान शाखाको मतदान केन्द्र सप्तऋषि अस्पताल लाहानमा रहेको छ। सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर र सिराहा जिल्लामा कार्यरत सम्पूर्ण सदस्यहरू यहाँबाट मतदान गर्न पाउनेछन्।

धनुषा, महोत्तरी, सर्लाही पूर्व र सिन्धुली जिल्लामा कार्यरत सम्पूर्ण सदस्यहरूले नेपाल चिकित्सक संघ जनकपूर शाखाको मतदान केन्द्र जनकपुर प्रादेशिक अस्पताल, धनुषाबाट मतदान गर्न पाउनेछन्। बारा, पर्सा, मकवानपुर, रौतहट र सर्लाही पश्चिममा कार्यरत सम्पूर्ण सदस्यहरूले नेपाल चिकित्सक सङ्घ नारायणी शाखाको मतदान केन्द्र नेपाल चिकित्सक सङ्घ, वीरगञ्जको सभाहलबाट मतदान गर्न पाउनेछन्।

मकवानपुर, नवलपुर, गोरखा, चितवन जिल्लामा कार्यरत सम्पूर्ण सदस्यहरूको मतदान केन्द्र नेपाल चिकित्सक सङ्घ चितवन शाखाको मतदान केन्द्र भरतपुर अस्पतालको तालिम हल रहेको छ।

नेपाल चिकित्सक सङ्घ गण्डकी शाखाको मतदान केन्द्र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाकक्ष रहेको छ। बागलुङ, कास्की, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, स्याङ्जा, पर्वत र तनहुँ जिल्लामा कार्यरत सम्पूर्ण सदस्यहरूले यहाँबाट मतदान गर्न पाउनेछन्।

नेपाल चिकित्सक सङ्घ लुम्बिनी शाखाको मतदान केन्द्र नेपाल चिकित्सक सङ्घ लुम्बिनी अञ्चल शाखा भवन बुटबल रहेको छ। अर्घाखाँची, रुपन्देही, कपिलवस्तु तथा नवलपरासी जिल्लामा कार्यरत सम्पूर्ण सदस्यहरूले यहाँबाट मतदान गर्न पाउनेछन्।

नेपाल चिकित्सक सङ्घ भेरी शाखाको मतदान केन्द्र नेपाल चिकित्सक सङ्घ, भेरी शाखामा रहेको छ। बाँके र बर्दिया जिल्लामा कार्यरत सम्पूर्ण सदस्यहरूले यहाँबाट मतदान गर्न पाउनेछन्।

नेपाल चिकित्सक सङ्घ सेती शाखाको मतदान केन्द्र सेती प्रादेशिक अस्पताल, धनगढीमा रहेको छ। सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लामा कार्यरत सम्पूर्ण सदस्यहरूले यहाँबाट मतदान गर्न पाउनेछन्।

नेपाल चिकित्सक सङ्घ सुर्खेत शाखाको मतदान केन्द्र सुर्खेत प्रादेशिक अस्पतालमा रहेको छ। सुर्खेत, कालिकोट र जाजरकोट जिल्लामा कार्यरत सम्पूर्ण सदस्यहरूको मतदान केन्द्र यहीँ रहेको छ।

नेपाल चिकित्सक सङ्घ, दाङ शाखाको मतदान केन्द्र राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुर दाङको प्रशासनिक कक्षमा रहेको छ। दाङ, सल्यान, रुकुम, रोल्पा र प्यूठान जिल्लामा कार्यरत सम्पूर्ण सदस्यहरूले यहाँबाट मतदान गर्न पाउनेछन्।

दैलेख, डोल्पा, हुम्ला, जुम्लामा कार्यरत सम्पूर्ण सदस्यहरूको मतदान केन्द्र नेपाल चिकित्सक सङ्घ जुम्ला शाखाको मतदान केन्द्र
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाकक्षमा रहेको छ। 

गुल्मी र पाल्पा जिल्लामा कार्यरत सम्पूर्ण सदस्यहरूको मतदान केन्द्र नेपाल चिकित्सक सङ्घ पाल्पा शाखाको केन्द्र लुम्बिनी मेडिकल कलेज पाल्पालाई तोकिएको छ। 

हालसम्म चिकित्सक सङ्घमा वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्यक्षसहित सात जना निर्विरोध निर्वाचित भइसकेका छन्। अब अध्यक्षसहित बाँकी १२ पदका लागि मतदान हुँदैछ।

६ माघ, २०७९, १०:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।