सटरबाहिर सामान राखे नियन्त्रणमा लिन विराटनगरका मेयरकाे निर्देशन

सटरबाहिर सामान राखे नियन्त्रणमा लिन विराटनगरका मेयरकाे निर्देशन
फाइल तस्बिर

मोरङ : विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पसलको सटरभन्दा बाहिर सामान राखे नियन्त्रणमा लिन महानगर प्रहरीलाई निर्देशन दिएका छन्।

महानगर प्रमुख कोइराला नेतृत्वको टोलीले सोमबार पार्किङ र फुटपाथको अवस्थाका बारेमा स्थगलत अनुगमन गर्दै यस्तो निर्देशन दिएको हो।

अनुगमनका क्रममा पसलको सटरभन्दा बाहिर पनि सामान राखेको पाइएको थियो। प्रमुख कोइरालाले सटरभन्दा बाहिर सामान राखे नियन्त्रणमा लिन महानगर प्रहरीलाई तत्कालै निर्देशन दिए।

‘महानगरले पटक–पटक सार्वजनिक सूचना जारी गरेर र माइकिङ गरेर तपाईंहरूलाई सटरभन्दा बाहिर सामान नराख्न आग्रह गरिसकेको छ,’ प्रमुख कोइरालाले भने, ‘आजदेखि बाहिर राखे महानगर प्रहरीले नियन्त्रणमा लिन्छ। त्यसमा तपाईंहरूले गुनासो गर्न पाउनुहुन्न।’

उनले विराटनगरलाई व्यवस्थित बनाउने दायित्व सबै महानगरवासीको भएकाले सहयोग गर्न आग्रहसमेत गर्नुभयो।

३ माघ, २०७९, २१:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।