‘अभियोग दाबी नपुग्ने’ भन्दै तनहुँ अदालतबाट पललाई सफाइ

‘अभियोग दाबी नपुग्ने’ भन्दै तनहुँ अदालतबाट पललाई सफाइ

काठमाडौं : जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई सफाइ दिएको छ।

नाबालिकलाई बलात्कार आरोपमा मुद्दा चलिरहेका शाहलाई मंगलबार न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले अभियोगको दाबी नपुग्ने भन्दै सफाइ दिएको अदालतको वेबसाइटमा उल्लेख छ।

उनलाई जिल्ला अदालत नवलपुरले पनि जबरजस्तीकरणीको मुद्दामा सफाइ दिएको थियो।

तर, बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा दुई वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिबापत जरिवाना तोकेको थियो।

उनी हाल तनहुँ कारागारमा छन्।

३ माघ, २०७९, १८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।