स-साना कुरा भनेर बेवास्ता गरेकै कारण सम्बन्धविच्छेद हुन सक्छन्, यी हुन् जोगाउने उपाय

स-साना कुरा भनेर बेवास्ता गरेकै कारण सम्बन्धविच्छेद हुन सक्छन्, यी हुन् जोगाउने उपाय

एजेन्सी: गएको वर्ष करिब ४२ प्रतिशत जोडीको सम्बन्धविच्छेद भयो। तीमध्ये दुईतिहाई सम्बन्धविच्छेदहरू महिलाद्वारा माग गरिएका थिए।

सम्बन्धहरू किन यति धेरै असफल हुन्छन्? के हामी यिनलाई जोगाउने सानो प्रयास गर्न सक्दैनौँ?

लेखकद्वय म्याथम फ्रे तथा जोएना ह्यारिसनले यस्ता समस्याबाट बच्ने उपायका बारे गहन अध्ययन गरेका छन्। घरेलु हिंसा तथा आपराधिक गतिविधि जस्ता सम्बन्ध टुटाउने मुद्दाका बारेमा उनीहरूले खोजी गरेका होइनन्। यस्ता समस्या झेल्दाझेल्दै सम्बन्ध जोगाउने त कुरै आउँदैन।

अचम्म त के भने अधिकांश सम्बन्ध टुट्नुका पछाडिको कारण उनीहरूको खराब चरित्र हुँदैन। एकदमै साना कुराहरूले पनि उनीहरूबीचमा दरार उत्पन्न हुँदै जान्छ र अन्त्यमा सम्बन्धविच्छेदसम्म पुर्याउँछ।

यस्तो अवस्थामा के चाहिँ सोच्न सक्नुपर्छ भने- 'मलाई मेरो पार्टनरले माया गर्छ। यो सानो गल्तीसँग मैले चित्त दुखाउनु हुँदैन।'

म्याथम तथा ह्यारिसनले सम्बन्धका बीचमा आउने स-साना समस्यालाई कसरी निराकरण गर्न सकिन्छ भन्ने बारेमा खोजी गरेका हुन्। जस्तो कि- धारा बन्द गर्न बिर्सनुका कारण, चियामा गुलियो कम भएका कारण, लुगाको दाग नगएका कारण आदि स-साना कुराबाट सुरु भएर बढ्दै जाने झगडा।

यीबाट कसरी बच्ने भन्ने बारेमा दुवै लेखकहरूले केही समाधानका सूत्र फेला पारेका छन्। स-साना कुरा भन्ठानेर बेवास्ता गरेकै कुरा आखिरमा सम्बन्धविच्छेदका कारण बन्न सक्छन्।

अचम्म त के भने अधिकांश सम्बन्ध टुट्नुका पछाडिको कारण उनीहरूको खराब चरित्र हुँदैन। एकदमै साना कुराहरूले पनि उनीहरूबीचमा दरार उत्पन्न हुँदै जान्छ र अन्त्यमा सम्बन्धविच्छेदसम्म पुर्याउँछ।

यस्तो अवस्थामा के चाहिँ सोच्न सक्नुपर्छ भने- 'मलाई मेरो पार्टनरले माया गर्छ। यो सानो गल्तीसँग मैले चित्त दुखाउनु हुँदैन।'

हामीले आफू र आफ्नो साथीबीचको पृथकताका बारेमा बुझ्न सक्नुपर्छ। आफ्ना अनुभूतिलाई लुकाउनु हुँदैन। आपसी संवादलाई सदैव जीवन्त राख्नुपर्छ।

तर भन्ने बेलामा माया गर्छु भने पनि आदर गर्छु भने पनि सामान्य कुरामा पनि दोष पहिल्याउन लागिपर्ने आचरणले सम्बन्धलाई बलियो हुनै दिँदैन। सानातिना कुरामा दोषारोपण गर्ने बानीले चित्त दुख्दै जान्छ। अनि स-साना दुखाइहरू गाँसिँदै गाँसिँदै ठूला बन्दै जान्छन्। स-साना अविश्वासले पनि मनमा परेको गाँठो बढ्दै जान्छ।

बिग्रनुअगावै हामीले धेरै कुरा सिक्न सक्छौँ

जोना ह्यारिसन भन्छिन्- मनमुटावका पाँच क्षेत्र फेला परेका छन्। हामी सम्बन्ध बिग्रनुअगावै धेरै कुरा सिक्न र गर्न सक्छौँ। कहाँनिर गल्ती भयो। कहाँनिर चुक्यौँ भनेर मनोविश्लेषण गर्न सक्छौँ। आफ्नो साथीलाई सम्झाउन सक्छौँ।

ती पाँच क्षेत्र भनेका आपसी संवाद, परिवारसँगको सम्बन्ध, आफ्नो भूमिका, साथीभाइसँग हुने भेटघाट र यौन क्रियाकलाप हुन्।

हामीले आफू र आफ्नो साथीबीचको पृथकताका बारेमा बुझ्न सक्नुपर्छ। आफ्ना अनुभूतिलाई लुकाउनु हुँदैन। आपसी संवादलाई सदैव जीवन्त राख्नुपर्छ।

बिग्रन लागेको सम्बन्ध कसरी सुधार्ने?

१. सुझावसँग डराउनु हुँदैन
२. आफ्नो गल्तीलाई पनि स्वीकार गर्न सक्नुपर्छ
३. आफ्नो पार्टनरको कुरा धैर्य गरेर सुन्ने बानी बसाल्नुपर्छ
४. आफ्नो पार्टनरप्रति सकारात्मक हुन सिक्नुपर्छ
५. प्रतिउत्तरमा बुद्धिले काम लिनुपर्छ

बीबीसीबाट साभार

२६ पुस, २०७९, १२:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।