चिनियाँ अर्बपति ज्याक माले एन्ट ग्रुपको नियन्त्रण गुमाउने, ६ प्रतिशत शेयर मात्र पाउने

चिनियाँ अर्बपति ज्याक माले एन्ट ग्रुपको नियन्त्रण गुमाउने, ६ प्रतिशत शेयर मात्र पाउने

एजेन्सी: चिनियाँ अर्बपति तथा चर्चित कम्पनी 'अली बाबा'का संस्थापक ज्याक माले 'एन्ट ग्रुप'को नियन्त्रण गुमाउने भएका छन्। एन्ट ग्रुपको ५३.४६ प्रतिशत शेयरमाथि नियन्त्रण राख्ने माले अब उक्त ग्रुपको केवल ६.२ प्रतिशत शेयर मात्र पाउने भएका छन्।

एन्ट ग्रुपको विज्ञप्तिअनुसार उक्त समूहको दिगोपन र स्थिरताका लागि यस्तो कदम चालिएको हो। उक्त विज्ञप्तिअनुसार यस्तो निर्णय गर्नुका कारण कुनै पनि शेयर सदस्यले एक्लै वा कुनै समूहसँग मिलेर एन्ट ग्रुपमाथि नियन्त्रण नगरोस् भनेर हो।

यसअघि सन् २०२० मा चीनको वित्तीय क्षेत्रको आलोचना गरेपछि मा विरलै सार्वजनिकरूपमा देखापरेका छन्। आलोचनापछि, एन्ट ग्रुपको योजनाबद्ध शेयर बजार फ्लोटेशन अचानक रोकिएको थियो। नोभेम्बर २०२० मा एन्टको ३७ बिलियन अमेरिकी डलरको स्टक मार्केट फ्लोटेशन, जुन विश्वको सबैभन्दा ठूलो हुने थियो, अन्तिम मिनेटमा रद्द गरिएको थियो।

एन्ट ग्रुपले चीनको मुख्य अनलाइन भुक्तानी प्रणाली 'अली पे' चलाउँछ।

विश्लेषकहरूले भने यस घटनालाई चीन सरकारले धेरै शक्तिशाली भएको कम्पनी र मालाई नम्र बनाउने प्रयासको रूपमा हेरेका छन्।

२५ पुस, २०७९, ०९:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।