उनी भन्छन्, 'परिवारबाट भागेर १२ वर्षको उमेरमा नै काठमाडौं आएको थिएँ। त्यो पनि अरू मान्छे बसेको सिटमुनि बसेर। बाआमाको निकै प्यारो छोरा थिएँ। अहिले बाआमामाथि अन्याय गरेँ कि भन्ने लाग्छ। त्यसैले होला म कहिल्यै सफल हुन सकिनँ।'
आफैँले दुःख गरेर खान पनि गाह्रो रहेको भन्दै उनी सुनाउँछन्, 'महानगर कति बेला आउँछ थाहा नै हुँदैन। एकदमै चनाखो भएर बस्छु। उनीहरू आएको देख्नासाथ सामान भित्र लुकाइहाल्छु।'
सानैदेखि दुःखमा हुर्किएका मण्डललाई आफू कत्ति अभागी रहेछु भन्ने पनि लागिरहन्छ। काठमाडौं आएर होटलमा जुठा भाँडा माझ्ने, चिया पकाउने जस्ता काम गरेका मण्डलले त्यसबाट जोगाएको केही पैसाले आफ्नै व्यवसाय सुरु गरे।
विस्तारै सामानहरूको जोहो गर्न थाले। बचेको आम्दानीले विहे गरे।
अहिले उनका दुई छोरा छन्। घर चलाउनेदेखि छोराहरू पढाउनेसम्मको खर्च जुटाउने माध्यम यही पसल हो।
केही समयअघि कोरोनाको कारण लकडाउन हुँदा ठप्प भएको थियो उनको व्यवसाय। अहिले बल्ल बल्ल तङ्ग्रिन खोज्दा उनलाई महानगरले लखेटिरहन्छ।
आफैँले दुःख गरेर खान पनि गाह्रो रहेको भन्दै उनी सुनाउँछन्, 'महानगर कति बेला आउँछ थाहा नै हुँदैन। एकदमै चनाखो भएर बस्छु। उनीहरू आएको देख्नासाथ सामान भित्र लुकाइहाल्छु।'

बिहान १० बजेबाट बेलुका ७ बजेसम्म मण्डललाई यही पसलमा देख्न सकिन्छ। उनको पसलमा फाट्टफुट्ट ग्राहक आइरहन्छन्। तिनलाई उनी राम्रो व्यवहार गर्छन् र मुस्कुराउँदै बिदा गर्छन्।
मण्डलकी श्रीमती पनि काम गर्छिन्। उनले पनि मण्डललाई घरपरिवार चलाउन मद्दत गरेकी छिन्। आफ्नो तुलनामा श्रीमतीले काम छिटो पाउने हुँदा मण्डललाई लाग्ने गर्छ- 'यहाँ पुरूषको तुलनामा महिलालाई काम पाउन सजिलो छ।'
बिहानको खाली समयमा उनी एउटा अफिसमा सरसफाई गर्न पुग्छन्। त्यहाँबाट हत्तारिँदै आएर सामानहरू मिलाउँदै यही पसलमा दिनभर ग्राहक पर्खिरहन्छन्।
पुरुषहरूलाई काम भेट्टाउनै गाह्रो
मण्डल अर्काको आदेश पालना गर्दै काम गरेर बस्न सकेनन्। हेपिन र दबिन नखोज्ने उनले अर्काले खाएर छाडेको जुठो भाँडा माझ्नुभन्दा आफैँले केही गर्छु भन्ने ठाने।
तर, त्यसमा सफल हुन भने सकेनन्।
उनले विकल्पमा अन्य व्यवसाय पनि नरोजेका होइनन्। बल्लबल्ल आफ्नो नाम लेख्न जानेका मण्डलले सजिलै काम पाउन सक्ने अवस्था पनि थिएन। कि उनलाई सरसफाईको काम दिइथ्यो कि त चिया पकाउने काम। यी काम गर्दा उनले फेरि हेपिनै पर्थ्यो।
कहिलेकाहिँ त उनलाई विगत सम्झँदा आफू अहिलेकै काममा खुशी हुनुपर्छ भन्ने पनि लाग्दो रहेछ।

मण्डलकी श्रीमती पनि काम गर्छिन्। उनले पनि मण्डललाई घरपरिवार चलाउन मद्दत गरेकी छिन्। आफ्नो तुलनामा श्रीमतीले काम छिटो पाउने हुँदा मण्डललाई लाग्ने गर्छ- 'यहाँ पुरूषको तुलनामा महिलालाई काम पाउन सजिलो छ।'
२५ रूपैयाँमा भाडामा बस्दा
मण्डलले पुरानो काठमाडौं मज्जाले देख्न पाए। उनी सुरुमा आउँदा काठमाडौंमा झाडी नै झाडी थियो रे। उनलाई याद भएसम्म एक्लै हिँड्न पनि गाह्रो हुन्थ्यो।
आफूसँग अलि पैसा भइदिएको भए ठूला सटर भाडामा लिएर ढुक्कले व्यवसाय गर्ने भन्दै मण्डल भन्छन्, 'अरू केही होइन। अब छोराहरूको पढाइ पूरा गर्दिनु छ। त्यतिञ्जेल आनन्दले काम गर्न पाए हुन्थ्यो। त्यसपछि न त मलाई लकडाउन होला भन्ने डर हुन्थ्यो न त महानगरको डर नै!'
उनी र उनका साथीहरू दिनभर कामको खोजीमा काठमाडौंलाई फन्को लगाउने गर्थे।
काठमाडौंमा मण्डल २५ रूपैयाँमा भाडामा बसेका थिए। अहिले पनि उनी त्यही घरमा बस्छन्। तीन दशकअघि २५ रूपैयाँ तिरेर बसेका उनी अहिले १० हजार तिर्छन्।
छोराहरू र श्रीमतीलाई उनी आफ्नो पसल देखाउन ल्याउँदैनन्। आफ्ना छोराहरूले यो पसल नदेखुन् जस्तो लाग्छ उनलाई।
उनी भन्छन्, 'मैले जस्तो दुःख भोगे पनि मेरो छोराहरूले त्यो दुःख नभोगुन्, नदेखुन् जस्तो लाग्छ। त्यसैले मैले कान्छो छोरालाई त एकपटकभन्दा यो पसलमा ल्याएको छैन। अहिले जेठो छोरा ब्याचलर्स पढ्छ। कान्छो १२ मा पढ्छ। मैले यही कमाइले भाडा तिर्छु र छोराहरू पढाउँछु।'
यत्तिकैमा एक गाह्रक आउँछन् र उनको पसलबाट दुई वटा मास्क किनेर लैजान्छन्। जसबाट उनले दुई सय आम्दानी गर्छन्। र, खुशी हुँदै भन्छन्, 'यही २०, २५ रूपैयाँको नाफाबाट जोगाएर घर चलाउँछु। सोच्नुस् त बेलुका मैले यही पैसाले चामल किनेर लगेँ र हामी सबै परिवार सँगै बसेर खायौँ भने जिन्दगीमा त्योभन्दा आनन्दको पल अरू हुन सक्छ होला?'