नाइजेरियामा डुङ्गा पल्टिँदा १४ जनाको मृत्यु, ६ बेपत्ता

नाइजेरियामा डुङ्गा पल्टिँदा १४ जनाको मृत्यु, ६ बेपत्ता
फाइल तस्बिर

एजेन्सी: उत्तरपश्चिम नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा अन्य ६ जना बेपत्ता भएका छन्।

केब्बी राज्यको कोको/बेस्से स्थानीय क्षेत्रस्थित नदीमा मङ्गलबार साँझ सो डुङ्गा पल्टिएको हो। डुङ्गामा करिब १०० जना किसान सवार थिए जसमध्ये ८० जनालाई सकुशल उद्धार गरिएको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति मुहम्मदु बुहारीले दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गरेका छन्। साथै बेपत्ताहरूको खोजीमा खटिएका उद्धारकर्मीहरूको प्रयासको प्रशंसा समेत गरेका छन्।

राष्ट्रपतिले विशेषगरी ग्रामीण क्षेत्रमा डुङ्गाको यातायातको उचित नियमनमा बढी ध्यान दिन सरोकारवालालाई आग्रह गरेका छन्।

२३ पुस, २०७९, १४:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।