हनुमानढोका भित्र्याइयो चाँगुनारायणको कलश, कुमारीले गरिन् दर्शन (फोटोकथा)

हनुमानढोका भित्र्याइयो चाँगुनारायणको कलश, कुमारीले गरिन् दर्शन (फोटोकथा)

काठमाडौं : चाँगुनारायणमा रहेको कलशलाई काठमाडौंको हनुमानढोका दरबारमा भित्र्याइएको छ।

साउन शुक्ल द्वादशी र पौष शुक्ल पूर्णिमा गरी वर्षको दुई पटक चाँगुनारायणको कलश यात्रा हुने गर्छ।

कलश भित्र्याउनुअघि कुमारी घरबाट कुमारी बाहिर आएर कलशको दर्शन गरेकी थिइन्।

कलश यात्रा रानीपोखरी पुगेपछि बालगोपालेश्वर मन्दिरमा कलशलाई प्रतिस्थापन गरेर हनुमान ढोका लागिएको थियो।

यस क्रममा नेपाली सेनाको टुकडीले सलामीसमेत दिएको थियो। कलश भित्र्याउने कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनसमेत सहभागी थिए।

२३ पुस, २०७९, १४:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।