काठमाडौंका तीन नमूना विद्यालयलाई महानगरले दियो ९० लाख

काठमाडौंका तीन नमूना विद्यालयलाई महानगरले दियो ९० लाख

काठमाडौं : काठमाडौं महानगरपालिकाले तीन नमूना विद्यालयलाई ९० लाख रूपैयाँ रकम उपलब्ध गराएको छ।

कामपाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमा नै नमूना विद्यालय घोषणा गरेको ऐतिहासिक दरबार हाइस्कुल हाताभित्र सञ्चालित भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय तथा क्षेत्रपाटीस्थित कन्या माध्यमिक विद्यालयलाई रु ३० लाखका दरले रकम उपलब्ध गराएको हो।

कामपाले चालु आवमा नमूना विद्यालयको लागि रू एक करोड बजेट विनियोजन गरेको थियो। विशेष गरी नमूना विद्यालयमा प्रविधिको सहज पहुँच, विद्यार्थीको अनुपातमा विषयगत शिक्षक दरबन्दी, प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षा, अन्य विद्यालयमा भन्दा आकर्षक आन्तरिक कार्यक्रमजस्ता विषय समावेश हुनुपर्छ।

तीनवटै विद्यालयले उपलब्ध रकमबाट थप भौतिक पूर्वाधार सुधार र अन्य केही फरक किसिमको सिकाइका कार्यक्रम गर्नुपर्ने कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए। उनका अनुसार विद्यालयले उक्त रकम कुन शीर्षकमा खर्च गर्ने भनि तयार पारेको प्रस्ताव कामपामा बुझाइसकेका छन्।

२३ पुस, २०७९, १३:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।