ज्ञानेन्द्र मल्लले भने, ‘टिमका एक खेलाडीलाई फिक्सिङको अप्रोच आएको थियो’

ज्ञानेन्द्र मल्लले भने, ‘टिमका एक खेलाडीलाई फिक्सिङको अप्रोच आएको थियो’

काठमाडौं : नेपाली क्रिकेट टिमका पूर्वकप्तान एवं नेपाल टी–ट्वान्टी लिगमा काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमलाई म्याच फिक्सिङको प्रस्ताव आएको खुलासा गरेका छन्।

मंगलबारको खेलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मल्लले काठमाडौं नाइट्सका एक खेलाडीलाई फिक्सरले फिक्सिङको प्रस्वाव राखेको खुलासा गरेका हुन्।

प्रस्ताव आउनेबित्तिकै आफूहरूले अनुशासन समितिमा रिपोर्टसमेत गरेको उनले बताए।

‘हाम्रो टीमको एउटा खेलाडीलाई अप्रोच गरेको थियो। तर, अप्रोच र फिक्सिङ फरक कुरा हो,’ मल्लले भने, ‘हामीले रिपोर्ट गरेर यो विषयको अनुसन्धान भइसकेको छ।’

मल्लले कसले र कुन खेलाडीलाई प्रस्ताव गरेको भन्नेबारे भने खुलाउन चाहेनन्।

मंगलबार विहान लिगका कमेन्टेटर सचिन तिमल्सिनाले लिगमा स्पट फिक्सिङ भएको भन्दै भिडियो सार्वजनिक भएपछि यो विषय विवादमा छ।

आजै खेलाडीहरूले आर्थिक सुरक्षाको ग्यारेन्टीको माग गर्दै खेल खेल्न मानेका थिएनन्। तर क्यानका पदाधिकारी र खेलाडीहरूबीच भएको छलफलपछि सहमति जुटेको थियो।

१९ पुस, २०७९, १३:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।