महोत्तरी : महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न थालेका छन्।
जिल्लाका नौ स्थानीय तहले जाडो निकै बढेको भन्दै चारदेखि आठ दिनसम्मको बिदा दिएका हुन्।
उकेरा शिक्षा
जिल्लाका जलेश्वर नगरपालिका, पिपरा तथा सम्सी गाउँपालिकाले पुस १९ गतेदेखि पुस २६ गतेसम्म आठ दिनको बिदा सूचना निकालेका छन्।
त्यसैगरी मटिहानी, भङ्गाहा, लोहारपट्टी, औरही र बलवा नगरपालिका तथा सोनमा गाउँपालिकाले पनि मंगलबारदेखि २२ गतेसम्म चार दिन बिदा दिने सूचना जारी गरेका छन्।
यसअघि मनराशिशवा र रामगोपालपुर नगरपालिकाले आइतबार नै पुस २२ गतेसम्मको बिदा सूचना गरेका थिए।
जिल्लाका १५ स्थानीय तहमध्ये ११ ले विद्यालयमा जाडो बिदाको सूचना जारी गरिसकेका छन्। स्याँठ चल्न थालेपछि विद्यालय केही दिनका लागि बिदा दिएको स्थानीय तहका कार्यालयले जारी गरेका सूचनामा उल्लेख छ।
जिल्लाका बर्दिबास र गौशाला नगरपालिका तथा महोत्तरी र एकडारा गाउँपालिका मात्र विद्यालयमा बिदा दिएका छैनन्। तर त्यहाँका विद्यालयमा पनि विद्यार्थीको उपस्थिति स्वात्तै घटेको छ। यीमध्ये महोत्तरी र एकडाराले मंगलबार बिदा दिने तयारी गरेका छन्।
२०७९ पुष १९ गते ७:४० मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।