नयाँ नाम पाएकोमा आज ‘कोशी प्रदेश’मा सार्वजनिक विदा

नयाँ नाम पाएकोमा आज ‘कोशी प्रदेश’मा सार्वजनिक विदा

काठमाडौं : प्रदेश १ को नाम औपचारिक रुपमा कोशी प्रदेश राखिएको छ। हिजो (बुधबार) बसेको प्रदेश सभा बैठकले प्रदेश १ को नाम कोशी राख्ने निर्णय गरेको हो।

प्रदेशको नाम कोशी राखिएको खुसियालीमा प्रदेश सभाले आज (बिहीबार) प्रदेशभर सार्वजनिक विदा दिएको छ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचना अनुसार मन्त्रिपरिषदको बैठकले आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

फागुन १८, २०७९ बिहीबार ०७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।