उकेरा टप फाइभ : सरकारबाट एमाले बाहिरियो, सन्दीपलाई विदेश जान अदालतको अनुमति

उकेरा टप फाइभ : सरकारबाट एमाले बाहिरियो, सन्दीपलाई विदेश जान अदालतको अनुमति

काठमाडौं : सोमबार सत्ता साझेदार रहेको एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो। यसले सत्तामा अब नेपाली कांग्रेस आउने बाटो औपचारिक रुपमा खुल्यो। समर्थन फिर्ता लिएसँगै एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिए।

सम्मिलित क्रिकेटका दुवै अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले जित हात पार्यो। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तरगत युएईमा जारी त्रिदेशीय सिरिजमा नेपालले पीएनजीलाई ४ विकेटले पराजित गर्दा युएईमै भइरहेको आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्रीय छनोटमा नेपालले हङकङलाई ९ विकेटले पराजित गर्यो।

बलात्कार आरोप लागेर एक वर्षदेखि जेलमा रहेको कलाकार पल शाह साेमबार नै जेलमुक्त हुँदा बलात्कार आरोप लागेरै विदेश जान प्रतिबन्ध लगाइएका राष्ट्रिय टिमका क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई सर्वोच्चले साेमबार नै विदेश जान अनुमति दियो। अदालतले अनुमति मात्र नभएर खेल सकिएको १५ दिनभित्र नेपाल फर्किसक्नुपर्ने र अदालतलाई जानकारी गराउनुपर्ने आदेश दियो। साथै अदालतले थुनामुक्त गर्ने उनको उच्च अदालतको आदेशलाई सदर गर्यो।

अब लागौं टप फाइभतर्फः
उकेराले सोमबार उकेराले प्रचण्डको मुर्ख्याँईले एमाले रिसाएको समाचार प्रकाशित गर्यो। संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्को बैठकमा एमालेबाट नियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई जान रोकेपछि रिसाएको एमालेले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको थियो।
पूरा समाचारः प्रचण्डको मुर्ख्याइँले रिसायो एमाले, प्रतिपक्षी दलसँग बढ्यो दूरी र दुश्मनी

KP Oli and Prachanda

दिउँसो उकेराले एमालेका मन्त्रीहरुले सामुहिक राजीनामा बुझाएको समाचार छाप्यो। सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमालेका ८ जना मन्त्रीहरुले राजीनामा बुझाएका हुन्।
पूरा समाचारः सरकारबाट बाहिरिने निर्णयसँगै एमालेका मन्त्रीहरूले प्रचण्डलाई बुझाए सामूहिक राजीनामा

सोमबारदेखि युएईमा सुरु भएको आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको कीर्तिमानी जित निकालेको छ। यो जितसँगै नेपालले एकदिवसीय क्रिकेटमा लगातार पाँचौं जित निकालेको हो।
पूरा समाचारः पीएनजीविरुद्ध नेपालको कीर्तिमानी जित

यस्तै, साँझपख उकेराले क्रिकेटर सन्दीप लामिछानेमाथि उच्च अदालतले लगाएको विदेश जान रोक लगाउने आदेशलाई सर्वोच्चले बदर गरिदिएको समाचार प्रकाशित गर्यो। यद्यपि सन्दीपमाथि अर्को शर्त भने थपिएको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए।
पूरा समाचारः सन्दीपको मागबमोजिम सर्वोच्चको आदेश, तर थपियो अर्को शर्त

बेलुकी उकेराले राष्ट्रिय समीकरण फेरिँदा पनि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री ढुक्क भएको समाचार छाप्यो। समाचारमा मुख्यमन्त्री राजकुमार शर्मा ढुक्क रहेको र माओवादी केन्द्रले सभामुखलाई पदबाट हटाउन चाहेको विषय समेटिएको छ।
पूरा समाचारः समीकरण फेरिँदा पनि ढुक्क मुख्यमन्त्री, सभामुख हटाउने माओवादीको ‘मुड’

१५ फागुन, २०७९, २२:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।