फागु बोलाउने चीर जसमा भालुबाँस मात्र प्रयोग हुन्छ, मानन्धरहरूको गुठीले मात्र सिलाउन पाउँछन्

फागु बोलाउने चीर जसमा भालुबाँस मात्र प्रयोग हुन्छ, मानन्धरहरूको गुठीले मात्र सिलाउन पाउँछन्

काठमाडौँ : फागु पूर्णिमाका लागि काठमाडौँको वसन्तपुर अगाडि ठड्याउने चीर तयार हुँदैछ। ६ वटा बाँसको प्रयोग गर्दै तयार पारिने चीरको बाँसमा पनि 'भालुबाँस' को मात्र प्रयोग हुने गरेको छ।

चिर तयार भइसकेपछि त्यसलाई सेतो कपडाले बेरेर सिलाइन्छ। चिर बनाउने सबै काम मानन्धरहरूको गुठीले गर्छन्।

फागुन शुक्ल अष्टमीको दिन वसन्तपुर अगाडि चिर ठड्याएसँगै फागु सुरु हुने मान्यता छ। चीर ठड्याइएपछि वसन्तपुरमा होलीको सुरुवात हुन्छ।

यसपालि चीरोत्थाको साइत फागुन १५ गते सोमबार बिहान ७:४५ बजे रहेको मानन्धर गुठीले जानकारी दिएको छ।

९ फागुन, २०७९, २३:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।